दसैँमा ‘ए मेरो हजुर ४’

फिल्म । आउँदो फागुन १३ गतेबाट छायाँकनमा जाने फिल्म ‘ए मेरो हजुर ४’ ले रिलिज मिति तय गरेको छ । भ्यालेन्टाइन डेको अवसर पारेर फिल्मले आउँदो वर्ष विक्रम संवत २०७७ कार्तिक ७ गते प्रदर्शन गर्ने जानकारी गराएका हुन् । भ्यालेन्टाइन डेको शुभकामना दिदै निर्माण पक्षले रिलिज डेट नै तय गरेको हो । सुहाना इन्टरटेनमेन्टको व्यानरमा बन्ने फिल्मलाई झरना थापाले निर्देशन गर्नेछिन् ।

‘ए मेरो हजुर’ की हिरोइन झरनाले यसको दुइ सिरिजको निर्देशन गरिसकेको छिन् । सुनिलकुमार थापाको निर्माण रहने फिल्ममा अनमोल केसी र सुहाना थापाको अभिनय रहनेछ । फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेत पनि तय भएका छन् । प्रेम कथामा निर्माण हुने फिल्मको छायांकन नेपालसंगै ओमान र होल्याण्डमा पनि हुने बुझिएको छ । पछिल्लो समय अनमोलले होम प्रोडक्सनकै फिल्म एन्टी हिरोमा काम गर्ने चर्चा चलेता पनि छायाँकनमा भने ‘ए मेरो हजुर ४’ नै जाने तय भएको हो ।

कमेन्ट गर्नुहोस्