करणकै निर्देशनमा ‘स्टुडेन्ट अफ द इयर ३’

फिल्म । सार्वजनिक पोस्टरकै कारण फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ चर्चामा छ । शुक्रबार नै ट्रेलर सार्वजनिक गर्ने तयारीमा रहेको फिल्मले शिक्षासँग जोडिएको एक गम्भीर मुद्दालाई उठान गर्दैछ । तर यसको पहिलो भागलाई कारण जोहरले निर्देशन गरेका थिए भने उनले यसको सिक्वेल निर्देशनको अभिभारा पुनित मलहोत्रालाई सुम्पेका छन । स्टुडेन्ट अफ द इयर मार्फत बलिउडमा वरुण धवन , सिद्धार्थ मलहोत्रा र आलिया भट्ट जस्ता प्रतिभा भित्रिएका थिए । यसैले गर्दा पनि सिक्वेललाई लिएर आश बढी नै छ ।

फिल्ममा टाइगर श्राफ , अनन्या पाण्डे र तारा सुतारियाको अभिनय रहेको छ । तर करणले अब यसको तेस्रो सिरिजलाई भजे निर्देशन गर्ने भएका छन् । उनले आफ्नो क्याम्पकि गर्ल आलिया र वरुणलाई लिएर फिल्म निर्देशन गर्ने सोच बनाएका छन् । सिक्वेललाई किन निर्देशन नगरेको प्रश्नको जवाफ दिईरहेका करणले आफ्नो फेवरेट जोडीलाई पुनः पर्दामा निर्देशन गर्ने सोच बनाएका छन् ।

कमेन्ट गर्नुहोस्