भुवन भन्छिन् ‘कलाकारिता जोगाउन फिल्म बनाए’

10 Shares

फिल्म । नेपाली फिल्मनगरीकि प्रथम नायिका भुवन चन्दले पछिल्लो समय पुराना कलाकारलाई हुने किसिमको फिल्म निकै कम बन्ने गरेको बताएकी छिन् । ‘हामीलाई हुने फिल्म निकै कम बन्न थाल्यो , त्यसैले पर्दामा देखिन् छाडियो’ उनले गुनासो गर्दै भनिन् । उनको निर्माण गरेको ‘साईनो’ साउनको २४ गतेबाट रिलिज हुँदैछ । यसै फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा उनले फिल्म बनाउन निकै कठिन रहेको बताइन ।

‘पहिला फिल्म खेल्थे अनि काम सकिन्थ्यो यतिबेला रिलिजसम्म हरेक कुरामा अपडेट छु’ उनले फिल्म बनाउन गाह्रो भएको गुनासो पनि गरिन् । ‘फिल्म बनाएपछि पो फिल्मनगरीलाइ चिने र बुझ्ने मौका पाए तर सहयोगी पनि भेट्टाए’ उनले भनिन् । यसैगरी उनले पछिल्लो समय सबै ग्रुपमा कलाकार रहेकाले बाहिरका कलाकारले कमै काम पाउने गरेको पनि सुनाइन । ‘ग्रुप हुनु राम्रो हो तर ग्रुपमा हामीले काम पाउँदैनौ’ उनले भनिन् ‘आफ्नो कलाकारिता जोगाउन र पलायन हुनबाट जोगिन पनि आफै फिल्म बनाएर सानोतिनो भूमिका गरेको हुँ ।’

फिल्मलाई रमेश थापाले निर्देशन गरेका हुन् । उनले फिल्म मार्फत एउटा गाउँले कथा भन्ने प्रयास गरेको बताए । फिल्मको कार्यकारी निर्मातामा शरण थापा छन् । अभिमन्यू ‘निरवी’ ले फिल्मको कथा तयार पारेका हुन् । फिल्ममा भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, बसुन्धरा भुषाल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनालीलगायतका कलाकारहरुको पनि अभिनय छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्म ‘साइनो’ रामेश्वर कार्कीले खिचेका हुन् । बनिश शाहको काँधमा सम्पादनको जिम्मेवारी छ । फिल्ममा रोशन विक्रम भट्टराईको द्वन्द्व रहेको छ ।

Facebook Comments