फिल्म । आज शीतलनिवासमा चलचित्र विकास बोर्डद्वारा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान कार्यक्रम’ मा लक्ष्मण सुवेदीको निर्देशनमा तयार भएको फिल्म ‘सतीदेवी’ लाई ‘विशेष चलचित्र पुरस्कार’ प्रदान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले प्रमाणपत्रसहित निर्माता समेत रहेका निर्देशक सुवेदीलाई सम्मान गरे ।
अवार्ड ग्रहण गरेपछि निर्देशक सुवेदीले निर्णायक समितिलाई कृतज्ञता प्रकट गरे । उनले भने,‘मेरो कामको मुल्यांकन गर्नुभएकोमा निकै हर्षित छु । राज्यको तर्फबाट पाइने यस किसिमको प्रोत्साहनले हामीलाई काम गर्ने उर्जा प्रदान गरेको छ । ‘
कार्यक्रममा ‘सतीदेवी’ सँगै लिम्बू भाषाको चलचित्र ‘सुगुप’ र गुरुङ भाषाको चलचित्र ‘मार्कली’ लाई ‘विशेष चलचित्र’ घोषणा गरिएको थियो ।