फिल्म । बलिउडमा रणवीर सिंह र रणवीर कपुर चर्चा निकै हुने गर्छ । यी दुईको चर्चा सुरुवाती दिनमा दीपिका पादुकोणको कारण भएको थियो तर पछिल्लो समय अभिनयको कारण हुने गर्छ । जस्तो सुकै भूमिकामा पनि आफुलाई प्रस्तुत गर्न सक्ने दुई रणवीरलाई दर्शकले एकसाथ हेर्न चाहेको प्रतिक्रिया दिने गर्छन । तर यी दुईलाई संगै फिल्ममा काम गराउन भने जस्तो सहज भने छैन । यसैले गर्दा पनि यी दुईसँगै काम गर्ने तय भएको छैन । तर अब दुई रणवीरलाई एकसाथ् काम गराउने बारेमा रोहित शेट्टीले बोलेका छन् ।
उनले भारतीय मिडियासँग यी दुईलाई लिएर फिल्म ‘अन्दाज अपना अपना’ मा काम गर्न सकिने बताए । तर उनले आमिर खान र सलमान खानको अभिनय रहेको फिल्मलाई भने रिमेक गर्न सह नरहेको समेत बताए । यदि फिल्मको रिमेक भएमा त्यसमा दुई रणवीरनै हुने समेत उनले प्रस्ट्याए । ‘यतिबेलाको बराबरका एक्टर दुई रणवीर हुन् त्यसैले विकल्प हुनैसक्दैन’ रोहितले आफ्नो प्रतिक्रिया दिदै भने किनकी त्यसबेला सलमान र आमिरसाथ् देखिएका थिए । रणवीर सिंहले केहि समय अगाडी एक अन्तर्वार्ताको क्रममा ‘अन्दाज अपना अपना’ को रिमेकमा काम गर्ने ईच्छा जताएका थिए ।












