फाइनल भयो कार्तिक र साराको फिल्म टाइटल

25 Shares

फिल्म । पछिल्लो समय बि-टाउनमा कार्तिक आर्यन र साराअलि खानलाई लिएर विभिन्न चर्चा हुने गरेको छ । बलिउडका फ्रेस अनुहार यी दुइनै एक अर्कालाई मन पराउछन भने सँगै देखिन ईच्छा रहेको अन्तर्वार्तामा बताउदै आएका छन् । यसैले गर्दा पनि यी दुइलाई लिएर मिडियामा विभिन्न गसिप आइरहने क्रम बढ्दो नै छ । पछिल्लो समय यी दुइ इम्तियाज अलिको अनटाइटल फिल्ममा काम गरिरहेका छन् ।

साराले सामाजिक सञ्जाल मार्फत फिल्म आउँदो वर्षको भ्यालेन्टाइन डे मा रिलिज हुने जानकारी दिएकी छिन । केहि समय अगाडी मात्र आउँदो वर्ष अर्थात सन् २०२० को फेब्रुअरी १४ मा फिल्म रिलिज हुने खबर बाहिरिएको थियो । फिल्मको पहिलो सेड्युल सकिँदा यसको नाम पनि लिक भएको छ । फिल्मको नाम ‘आजकल’ राखिएको छ । कार्तिक र सारासँगै रणदीप होडाको समेत अभिनय रहेको फिल्मलाई ‘लभ आजकल’ सिक्वेल पनि भनिएको छ । तर , यसबारे निर्माण पक्षए प्रस्ट्याएका छैनन् ।

Facebook Comments