पाँचौँ हप्तामा ‘अञ्जिला’

फिल्म । नेपाली महिला राष्ट्रिय फुटवल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ ले नेपालमा सुखद व्यापार गर्दै पाँचौं हप्तामा प्रवेश गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम’ (बक्स अफिस)मा यस फिल्मले झन्डै ८ करोड बराबरको ग्रस कलेक्सन गरेको छ । यो सँगै यस वर्ष सर्वाधिक कमाउने पाँच फिल्मको सूचीमा ‘अञ्जिला’ पर्न सफल भएको छ ।

मिलन चाम्स निर्देशित ‘अञ्जिला’ मा कप्तान सुब्बासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ । यो फिल्मले पाँचौं हप्तामा प्रवेश पाउँदा पनि राम्रो शो पाएको छ । फिल्मले दश करोडको आकडा छुन सक्ने अनुमान फिल्मकर्मीको छ ।

कमेन्ट गर्नुहोस्