ट्रेलरमा ‘बीर विक्रम’ को मित्रता (भिडीयो)

61 Shares

फिल्म । आउँदो जेठ ३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बीर विक्रम २’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरमा बीर र विक्रमको मित्रतालाई देखाइएको छ । यी दुइको मित्रतामा आउने माया र उतार चढावलाई ट्रेलरमा समेटिएको छ । फिल्ममा बीरको भूमिकामा पल शाह छन् भने विक्रमको भूमिका नाजिर हुसेनले निर्वाह गरेका छन् । यसमा बादलको भूमिका भने वर्षा सिवाकोटीले निर्वाह गरेकी छिन् । बादलको मायामा बीर र विक्रम परेपछि आउने परिस्थितिलाई फिल्मले चित्रण गरेको छ ।

मिलन चाम्सको निर्देशनमा तयार फिल्मले मित्रता र मायाको कथा समेटेको छ । फिल्ममा देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको पनि अभिनय छ भने अपर्ण सापकोटा यसको सह-निर्माताको रुपमा रहेका छन् । फिल्मलाई सुदीप बरालले खिचेका हुन् । हिमाल केसीको द्वन्द्व रहेको फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् ।

Facebook Comments