युट्युब ट्रेन्डिङमा ‘बलिदान’

फिल्म । यस वर्षको दसैँको फूलपातीमा प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘बलिदान’ को प्रि-टिजर सार्वजनिक भएलगत्तै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ । अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर बुधबार सार्वजनिक गरिएको यो भिडियोले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ ।

समाचार तयार पार्दासम्म प्रि-टिजरले ६ लाख ४५ हजार भन्दा बढी भ्युज बटुलिसकेको छ । यसले विदेशमा समेत नेपाली दर्शकहरूको ठूलो ध्यान तानेको छ । विशेषगरी युएई, कुवेत, कतार, अस्ट्रेलिया, मलेसिया, जापान र दक्षिण कोरिया जस्ता नेपालीहरूको बाक्लो उपस्थिति रहेका देशहरूमा पनि यो प्रि-टिजर ट्रेन्डिङमा छ ।

देशभक्तिपूर्ण संवाद र शक्तिशाली एक्सन दृश्यहरू समेटिएको प्रि-टिजरमा अभिनेता भट्टको प्रभावशाली अभिनय देख्न सकिन्छ । निर्देशक सन्तोष सेनले ‘बलिदान’ अभिनेता भट्टको बहुआयामिक क्षमताको उत्कृष्ट प्रदर्शन भएको बताएका छन् । आसुसेन फिल्म्स प्रा.लि.को प्रस्तुति रहेको यस फिल्ममा अभिनेता भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्