सोमबारदेखि छायांकनमा ‘जनै हराएको बाहुन’

फिल्म । नेपाली फिल्म ‘जनै हराएको बाहुन’ को शुभमुहूर्त गरिएको छ । काठमाडौंको बूढानीलकण्ठमा मुहुर्त गर्दै अभिनेत्री मिरुना मगर, अभिनेता सुशांक मैनाली, कलाकार गौरव पहाडी र भोलाराज सापकोटाले मुहूर्त सट दिए । उक्त अवसरमा सोमबारदेखि फिल्मो छायांकन हुने जानकारी गराइयो ।

‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्दैछन् । यसमा विजय बराल, सुशांक मैनाली, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, रियर राई, भोलाराज सापकोटालगायत कलाकारको अभिनय रहनेछ । निर्माण टिमका अनुसार काभ्रेपलान्चोकको पनौतीबाट फिल्मको छायांकन सुरु हुनेछ । पाल्पा र काठमाडौंमा पनि छायांकन हुनेछ ।

‘जनै हराएको बाहुन’ले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथा भन्नेछ । यसको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । पेपरक्लिप प्रालिको निर्माण रहने फिल्मका विमल न्यौपाने निर्माता हुन् । कार्यकारी निर्मातामा कमल न्यौपाने, नारायण तिम्सिना, चुरामणी शिवाकोटी, रुपेश लामा र आरके मानन्धर रहेका छन् ।

थानेश्वर गौतम र एस डि योगीको संगीत रहने यस फिल्ममा लक्ष्मणराज पौडेल प्रोडक्सन म्यनेजर रहेका छन् । ४० दिनको छायांकन सेड्युल तय गरिएको फिल्मलाई नवीन गुरुङले खिच्नेछन् ।

कमेन्ट गर्नुहोस्