छायांकनमा ‘वर एण्ड वधु’

फिल्म । नेपाली फिल्म ‘वर एण्ड वधु’ को छायांकन सुरू भएको छ । पहिलो चरणको छायांकन रोमानियामा गरेर फर्किएको निर्माण समूहले दोस्रो चरणको छायांकन आज ललितपुरस्थित महालक्ष्मीस्थानमा पूजा गर्दा सुरू गरेको हो । विवाहको परम्परालाई मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गरिने रोमान्टिक कमेडी जनरामा तयार भइरहेको फिल्मको दोस्रो सेड्युल काठमाडौँ र आसपासमा हुने निर्देशक मिलन चाम्सले जानकारी दिए । उनका अनुसार नेपालमा दोस्रो सेड्युल २५ दिनको लागि तय गरिएको छ ।

फिल्ममा आँचल शर्मासँग नवनायक विवेक कर्माचार्य लिड रोलमा छन् । विवेक यसै फिल्ममार्फत डेब्यु गर्दैछन् । यसमा विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, किरण केसी, बुद्धि तामाङ, हिमेश पन्त, रविना केसी, सृष्टि खड्का, कुशुम शर्मा लगायतको अभिनय रहने छ ।

प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा सुदीप बरालको छायांकन रहेको छ भने यसको मुख्य सहायक निर्देशक गिरिराज घिमिरे हुन् । फिल्मलाई रीच इन्टरटेनमेन्टले नेपालभर प्रदर्शनका लागि वितरण गर्नेछ ।

कमेन्ट गर्नुहोस्