फिल्म । कट्रिना कैफलाई बलिउडमा ल्याउने श्रेय सलमान खानलाई जान्छ । उनले कट्रिनालाई बलिउडमा स्थापित नै बनाए । यिनै सलमानसँग केहि वर्षको लभ लाइफलाई त्याग्दै कट्रिनाले बलिउडका बर्फी ब्वाई रणवीर कपूरसँग जोडी बाधिइन् । विवाहकै तयारी समेत गरिरहेको समाचारको टाइटल बनेका रणवीर र क्याटको जोडीले त्यो अवसर पाएँन् ।
केहि वर्षको लभ लाइफलाई ट्युङगाउदै कट्रिनाले सिङ्गल हुने निर्णय गरिन् । उनले रणवीरबाट टाढिए लगतै सलमानको साथ् पाइन् । तर जतिबेला उनको ब्रेक भयो , त्यो समय भने कट्रिनाको लागि सहज थिएन । उनलाई अप्ठ्यारो अवस्थामा सलमानले साथ दिए । यतिबेला कट्रिना र सलमानको फिल्म ‘भारत’ प्रदर्शनको अन्तिम तयारीमा छ ।
पब्लिसिटीकै क्रममा कट्रिनालाई ‘सेकेण्ड च्वाइस’ हुँदा पनि फिल्म किन गरेको ? भन्ने प्रश्न मिडियाले सोधिरहेका छन् । तर , उनले स्टोरीकै कारण आफु फिल्म खेल्न रेडी भएको बताइन । ‘मलाइ स्टोरी कन्सेप्टको बारेमा टाइगर जिन्दा है कै शुटिङमा थाहा थियो तर म पहिलो च्वाइस थिइन्’ उनले जवाफ दिदै भनिन् ‘रोल राम्रो भएकोले फिल्म गरे , ईगो थिएन त्यसैले अन्यथा केहि सोचिन् ।'(एजेन्सी)












