फिल्म । केहि समय आगाडी नेपाली फिल्मकी दुई लिडीङ लेडी रेखा थापा र पूजा शर्मा बीच सहकार्यको प्रयाश भएको थियो । यद्दपि त्यो सफल हुन् सकेन । रेखा र पूजाको सहमतिमा एक स्क्रिप्ट राइटरलाई केहि पारिश्रमिक दिएर स्क्रिप्ट लेख्नको समेत सुरुवात भएको थियो । तर , पूजाको प्रदर्शनमा आएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ को समयमा उनले मिडियामा दिएको अन्तर्वार्ता , नाबालिगले जबरजस्ती करणीको आरोप लगाएको पल शाहको टि-शर्ट लगाएर हल कुद्नु लगायतले सहकार्य नभएको फिल्मसँग जोडिएका सदस्यले बताए ।
‘नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा थुनामा रहेका पलको विषयमा पूजाले गर्नु भएको मिडियाबाजी रेखाजीको आइडोलोजीसँग मेल खाएँन् । अन्य विविध कुरामा पनि एकमत नभएपछि प्रोजेक्ट अगाडी नबढेको हो’ ती फिल्मसँग जोडिएका सदस्यले भने । फिल्म निर्देशनको लागि सिमोश सुनुवारसँग समेत कुराकानी भइसकेको थियो । उक्त फिल्मको स्क्रिप्ट राइटर सहित रेखा नजिकको व्यक्तिले सिमोशसँग प्रोजेक्टको विषयमा एक रेस्टुरेन्टमा कुराकानी गरेका थिए ।
पूजासँग मत नमिल्नुसँगै गएको स्थानीय निर्वाचन र आउँदो प्रतिनिधि सभाको निर्वाचनले पनि सहकार्य नभएको ती सदस्यको दावी छ । रेखाको बिहे अगाडि नै सुरु भएको यो प्रोजेक्ट बन्ने छाटकाट छैन । बुझिएअनुसार रेखा र पूजा तिन नायिका भएको एक्सन फिल्म बनाउने तयारीमा थिए ।










