सौन्दर्य । ‘दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९’ को आयोजना आगामी कात्तिकमा हुने भएको छ । तेस्रो साता हुने अवार्डको गत भदौमै मनोनयन सार्वजनिक गरिएको थियो । क्वालिटी फिल्मस्का अध्यक्ष उमेश गुरुङका अनुसार नेपाली गीतसंगीत तथा फिल्मलाई प्रवर्द्धन गर्न अवार्डको आयोजना थालिएको हो । ‘२०७८ बैशाखदेखि २०७९ भदौको पहिलो सातासम्म रिलिज भएका गीतहरुबाट उत्कृष्ट पाँचको मनोनयन निर्णयक समितिले यस अघि नै छनौट गरेर सार्वजनिक गरिसकेको छ’, अध्यक्ष गुरुङले भने ।
चलचित्र, गीत, संगीत, म्युजिक भिडियो, फेशन तथा मोडलिङका विभिन्न ४० विधामा यो अवार्ड प्रदान गरिने भएको छ । तीन दशकभन्दा लामो समयदेखि ध्वानी सम्पादकको रुपमा सक्रिय रहेका दिका गुरुङलाई लाईफ टाईम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिने छ ।यस्तै, क्वालिटी इन्टरटेनमेन्ट पत्रकारिता पुरस्कार राजधानी दैनिकका कलापत्रकार डब्बु क्षत्रीलाई प्रदान गरिने छ ।










