फिल्म । पछिल्लो समय सलमान खान र निर्देशक संजयलीला भन्सालीले बनाउने फिल्मको चर्चा बि-टाउनमा बढ्दो छ । झन्डै १९ वर्ष अगाडी ‘हम दिल दे चुके सनम’ मा सँगै काम गरेका संजय र सलमानले दर्शकको माया पाएका थिए । पछिल्लो समय एक्सन फिल्ममा आइरहेका सलमानले आफ्नो स्टारडम भने लभ स्टोरी फिल्म मार्फत नै बढाएका हुन् ।
It’s been 20 years but I am glad Sanjay and I are finally back in his next film, Inshallah. Looking forward to work with Alia and inshallah we will all be blessed on this journey.#Inshallah #SLB @aliaa08 @bhansali_produc @SKFilmsOfficial
— Salman Khan (@BeingSalmanKhan) March 19, 2019
यसैले गर्दा पनि पछिल्लो समय सलमान लभ स्टोरीको खोजिमा थिए । यसै शिलशिलामा पछिल्ला तिक्तता हटाउदै संजयले उनलाई कथा सुनाए । उक्त कथालाई सलमानले मन पराएपछी यतिबेला भाइजानको प्रेम अवतारलाई फेरी बलिउडले हेर्न पाउने भएकोछ । फिल्म बनाउन माहिर मानिने संजय र स्टार सलमान खानले एकसाथ काम गर्ने खबरले नै बि-टाउन तातेको छ ।
फिल्ममा लिड अभिनेत्री आलिया भट्ट हुनेभएकी छिन । उनले सलमान र संजयको ‘हम दिल दे चुके सनम’ ल़िया स्कुले जीवनमा हेरेकी थिइन् । दर्शकको लागि सलमान र आलियाको जोडी फ्रेश हुनेछ भने संजयको लभ स्टोरी प्रतिक्षित । फिल्मको नाम ‘इन्शाअल्लाह’ जुराइएको छ । सलमान र आलियाले ट्विटरमार्फत् साथमा फिल्म गर्न लागेको जानकारी दिएका छन् ।











