फिल्म । पछिल्लो समय विवाहको चर्चामा जोडिने नाम हो , प्रियंका कार्की । किनकी उनले नायक आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गरेको लामै समय भैसकेको छ । गत असारमै विवाह गर्ने तयारी गरिएता पनि त्यसले मुर्तरुप भने पाएन । त्यसपछि विभिन्न डेटमा यी दुइको विवाहको चर्चा हुने गरेको छ । त्यसैले यिनलाई बेलाबखतमा बिहे कहिले ? भन्ने प्रश्न पनि तेर्सिने गरेको छ ।
‘मेरो पनि चाडै नै हुन्छ । तर, म अहिले नै कहिले हुन्छ भनेर भन्न सक्दिनँ । यो बर्ष भने मेरो बिहे हुँदैन’ नायिका ऋचा शर्माको बिहे पार्टीमा सहभागी हुन पुगेकी नायिका कार्कीले मिडियासंग कुराकानी गर्दै भनिन् । उनले आफ्नो भाई सहित धेरै आफन्त विदेशमा रहेकाले सबैको समय मिलाएर विवाह गर्ने योजनामा रहेको समेत जनाइन । ‘सबैको समय एकैचोटी नमिलेका कारण बिहे हुन नसकेको हो । सबैको साइत मिलेपछि बिहे गर्छु ’ उनले भनिन् । पछिल्लो समय फिल्म भन्दा वेव सिरिजको काममा बढी व्यस्त प्रियंकाको विवाह फागुन आसपासमा हुने चर्चा पनि नचलेको होइन । तर , उनले यसलाई स्विकरिनन् ।










