‘प्रतिवैरम’ बन्दै

फिल्म । रोशन दासको निर्देशनमा नयाँ फिल्म ‘प्रतिवैरम’ को एक कार्यक्रमबिच ओपचारिक घोषणा गरिएको छ । मधेश केन्द्रित कथामा बन्न लागेको फिल्मको निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै यसको घोषणा गरेका हुन् । पोस्टरमा रावणलाई पृष्ठभूमिमा राखेर अघिल्तिर एक व्यक्ति उभिएको देख्न सकिन्छ ।

मधेशबारे बन्ने फिल्महरूमा मधेशको वास्तविक सौन्दर्य र समस्या खासै नपाईने निर्देशक दासले बताए । उनले भने, ‘हाम्रो फिल्ममा त्यो अभाव नहोस् भन्ने हिसाबले काम गरेका छौं । दासका अनुसार फिल्म मधेशकेन्द्रित रहेर सामाजिक र राजनीतिक विषयवस्तुमा आधारित रहेको छ ।’

फिल्मलाई रेज इन्टरटेनमेन्टले आत्रेय पोडक्सन हाउस, किङ्स वाईटी स्टुडियो र श्रीयन इन्टरटेमेन्टसँगको सहकार्यमा निमार्ण गर्न लागेको हो । फिल्मको कथा निर्देशक दास स्वयको रहेको छ भने पटकथा युवराज भट्टराईले लेखेका छन् । फिल्मलाई निरज कँडेलले खिच्दै छन् ।

फिल्मका कलाकारहरु बारेमा भने केही समयमा सार्वजनिक गरिने दासले जनाए । उनको अनुसार, ‘हामीले केही नयाँ र केही पुराना अग्रज कलाकारहरुसँग यो परियोजनामा काम गर्दैछौं ।’ फिल्म यही वर्षको अन्यतिर प्रदर्शन गरिने निमार्ण पक्षले जनाएको छ ।

कमेन्ट गर्नुहोस्