‘जानी नजानी’ फस्टलुकसँगै रिलिज घोषणा

फिल्म । चैत्र १ गते रिलिज हुने फिल्म ’जानी नजानी’ को फास्टक लुक अन्तर्गत पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा फिल्मका लिड कलाकारहरु मनिष श्रेष्ठ , निरिशा बस्नेत , सन्नी सिंह र नम्रता श्रेष्ठ फिचर्ड छन् । पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतको छोरी निरिशा यसै फिल्म मार्फत फिल्मनगरीमा डेब्यु गर्दै्छिन ।

फिल्ममा प्रकाश अधिकारी , कृष्ण भक्त महर्जन , रोशनी केसी लगायतको पनि अभिनय रहेको छ । आधुनिक प्रेम कथामा आधारित फिल्मको कथा , पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् भने यसै फिल्म मार्फत धेरै सफल फिल्ममा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका बसन्त अधिकारी निर्देशनमा डेब्यु गर्दैछन ।

‘मेरो टाइम र टिम सहि पर्यो त्यसैले गर्दा डेब्यु गरे’ निर्देशक अधिकारी भन्छन ‘फिल्मले अहिलेको युवा पुस्ताको कथालाई रिलेट गर्छ ।’ फिल्मका लेखन सामिप्य पनि फिल्मलाई लिएर आशावादी छन् । ‘फिल्ममा पनि प्रेमकथा मियोको रुपमा रहेको छ तर यसको दायाबायाँ राष्ट्रियता र युवापुस्ताले लिनुपर्ने जिम्मेवारीका कुरा पनि छन्’ सामिप्य भन्छन ‘फिल्मले व्यापार व्यवसायमा नयाँ पुस्ताको सोचलाई पनि प्रतिबिम्बित गर्ने प्रयास गरेको छ ।’फिल्मले मनोरञ्जनसँगै सन्देश पनि दर्शकले पाउने निर्माता रोशनीको विश्वास छ ।

‘फिल्मले आधुनिक पुस्ताको प्रेम कथालाई बोकेको छ’ उनि भन्छिन ‘फिल्म मेकिङमा कुनै सम्झौता गरेका छैनौ ।’ फिल्मको छायाँकन नेपालको रमणीयस्थलसँगै भारतको मनालीमा समेत भएको छ । उनले यस अघि डाक्टर खाते फिल्म निर्माण गरिसकेकी छिन , जसले अन्तराष्ट्रियस्तरमा थुप्रै अवार्ड प्राप्त गर्नुका साथै आफ्नो उपस्थिति समेत जनाएको थियो । फिल्ममा छायाँकन संजय लामाको रहेको छ भने यसमा संगीत अर्जुन पोखरेलले दिएका छन् ।

फिल्ममा कविराज गहतराज , प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ भने यसको सार्वजनिक फस्टलुक पोष्टरलाई कलर ब्लाइन्डले तयार परेको हो । फिल्ममा अर्जुन जिसीको सम्पादन , बसन्त घर्ति मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन् । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ ।

कमेन्ट गर्नुहोस्