दयाले छाडेपछि विल्सनले भित्र्याए धीरज !

फिल्म । तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्म ‘मैझारो’मा निर्देशक विल्सन विक्रम राईले अभिनेता दयाहाङ राईलाई अनुबन्धित गरेका छन् । यद्यपि अभिनेता राईले फिल्म छायांकनका लागि समय व्यवस्थापन गर्न नसकेपछि विल्सनले धीरज मगरलाई अनुबन्धित गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन् ।

‘जारी’ को छायांकनपछि अभिनेता राईले यम शेर्पाको निर्देशनमा तयार भइरहेको फिल्म ‘मिर्मिरे’ को छायांकन गरिरहेका छन् । अभिनेता राईले ‘मिर्मिरे’ को छायांकनमा जोडिने निर्णय लिएपछि विल्सनले अर्का अभिनेता धीरजलाई अनुबन्धित गराएका हुन् । यद्यपि विल्सनले फिल्म निर्देशन गर्ने घोषणा गर्दा नै अभिनेता राईलाई अभिनय गराउने घोषणा गरेका थिए ।

‘मैझारो’को लेखन र निर्देशन राईले गर्नेछन्, जुन उनको निर्देशकीय डेब्यू हो । यस फिल्मको छायांकन साउनको पहिलो हप्ताबाट इलाम र पाँचथरका रमणीय स्थानहरूबाट सुरू हुने निर्माण पक्षले जनाएको छ । निर्देशक राईका अनुसार ‘मैझारो’ सामाजिक कथावस्तुमा आधारित फिल्म हो, जसले पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई प्रस्तुत गर्नेछ।

कमेन्ट गर्नुहोस्