हरिहरले भने ‘रणवीर प्याकेज फिल्म’

फिल्म । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘रणवीर’ लाई विहिबार आयोजित ‘ग्राण्ड प्रिमियर’ मा धेरैले हेरे । फिल्म हेर्ने अधिकाँसले यसको तारिफ नै गरेका छन् । फिल्मको कथावस्तु , मेकिङ र कलाकारको कामलाई अधिकाँसले तारिफ गरे । प्रिमियरपछी सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै ज्योतिष हरिहर अधिकारीले फिल्म मन परेको बताए । ‘रणवीर एउटा प्याकेज फिल्म हो’ उनले भने ‘फिल्ममा एक्सन , रोमान्स , कमेडी सम्पूर्ण मसला छ , कलाकारको काम तारिफ योग्य छ ।’ उनले फिल्मको मेकिङको पनि तारिफ गरे । उनिसँगै प्रिमियरमा कलाकारहरु सुनिल थापा , अनुप विक्रम शाही , आर्यन अधिकारी , निर्माता माधव वाग्ले , निर्माता सुदिप खड्का , लेखक प्रदीप भारद्वाज , वितरक प्रदीपकुमार उदय , सरोज खनाल , आना शर्मा , गजित विष्ट , निर्देशक दिवाकर भट्टराई लगायतले फिल्मको मेकिङको तारिफ गर्दै दर्शकको लागि मनोरंजनको फुल प्याकेज रहेको प्रतिक्रिया दिए । फिल्ममा रणवीरको भूमिकामा सुशील सिटौला प्रस्तुत भएका छन् ।

उनले फिल्मकै लागि १५ केजी तौल बढाएका थिए , जसलाई प्रिमियर शो मार्फत तारिफ मिल्यो । फिल्ममा सुशीलको दुई अवतार देख्न पाइनेछ । दुई डेब्यु गर्ल सुवेक्षा खड्का र सुपुष्पा भट्टले पनि प्रिमियर मार्फत सकारात्मक प्रतिक्रिया बटुलेका छन् । डेब्यु फिल्मलाई पहिलो पटक परिवारसँग हेरेका सुवेक्षा र सुपुष्पा प्राप्त प्रतिक्रिया मार्फत निकै हर्षित थिए । यसैगरि गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘ऐश्वर्य’ मार्फत ह्याण्डसम भिलेनको ट्याग पाएका प्रशान्त ताम्राकारको कामको पनि तारिफ भएको छ । फिल्म हेरेर निस्किएकाले उनको कामको प्रसंसा गरे ।

गोविन्द सिंह भण्डारीको निर्देशन तथा लेखन रहेको फिल्ममा टिका पहाडी , नरेश पौडेल , रवी गिरी , भोलाराज सापकोटा, हरिहर शर्मा , जीवन भट्टराई , भोलाराज सापकोटा , शैलेश्वरी सिंह , जगदीश रिजाल , बसन्ती भट्ट लगायतको पनि अभिनय रहेको छ । फिल्मलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा माया , मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने , गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

कमेन्ट गर्नुहोस्