फिल्म । गएको भदौ २६ गतेबाट प्रदर्शनरत फिल्म ‘बेहुली’ ले घरेलुबजारमा ठीकठाक सुरुआत गरेको छ । सामाजिक सञ्जालमा प्रचार भए जस्तो फिल्मले घरेलुबजारमा साथ पाएको छैन । पछिल्लो एक सातामा फिल्मले २८ लाखको मात्र व्यापार गर्न सफल भएको छ ।
चलचित्र विकास बोर्ड अन्तर्गत रहेको ‘सिनेमा @ बक्सअफिस’ विवरणअनुसार फिल्मले असोज ११ गतेसम्म २ करोड ९६ लाख ३६ हजार ३ सय ९४ रुपैयाँ ग्रस कमाएको छ। उक्त अवधिसम्म फिल्मका १ लाख ५ हजार ३ सय ३८ वटा टिकट बिक्री भएका छन् ।
सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको फिल्ममा पारस बम ठकुरी, दिव्या रायमाझी, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारको अभिनय रहेको छ ।
कमेन्ट गर्नुहोस्











