फिल्म । छायांकनरत फिल्म ‘फ्रेन्च किस’मा अभिनेत्री रेखा थापा जोडिएकी छिन् । केही दिनदेखि चितवनका विभिन्न स्थानमा छायांकन भइरहेको उक्त फिल्म नयाँ पुस्ताको प्रेमकथामा आधारित रहेको निर्माण पक्षले जनाएको छ ।
निर्माण टिमले ‘फ्रेन्च किस’लाई नयाँ पुस्ताको स्वादअनुसार तयार पारिने जनाउँदै दर्शकले आधुनिक प्रेमकथा हेर्न पाउने जानकारी दिएको छ । फिल्मलाई अभिनेता समेत रहेका अर्पण थापाले निर्देशन गरिरहेका छन् ।
फिल्ममा अर्पण थापा र ‘शाम्बाला’ फेम्ड अभिनेत्री थिन्ले ल्हामो मुख्य भूमिकामा छन् भने अभिनेत्री गौरी मल्ल पनि प्रमुख भूमिकामा रहेकी छन् । सुदीप बरालको छायांकन निर्देशन रहेको फिल्ममा संगीत दीपक बज्राचार्यको रहनेछ ।
कमेन्ट गर्नुहोस्










