अष्टनारायणले मनोमानी गरेपछि निर्देशक आक्रोशित

फिल्म । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘गुनगुन’ का निर्माता , निर्देशक तथा कलाकार पुकार भट्टराईले आफ्नो फिल्म माथि अष्टनारायण पिक्चरले मनोमानी गरेको भन्दै निर्माता संघमा निवेदन दिएका छन् । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म बिना जानकारी नै शनिवार हटाएको आरोप निर्माताले लगाएका छन् ।

‘हाम्रो फिल्ममा बम्पर दर्शक आएका हैनन् त्यो म स्वीकार्छु तर जति आए रिलिज भएका फिल्म मध्य हाम्रो अगाडी छ’ निर्देशक भट्टराई भन्छन ‘शुक्रबार दर्शकको राम्रो प्रतिक्रिया पाएको फिल्मलाई शनिवार नै हटाइयो , त्यो पनि विना जानकारी ।’ उनि आफै टिम सहित हलमा पुगेपछि बल्ल फिल्म नरहेको थाहा पाएको बताए ।

‘गोपीमा फिल्म चलिरहेको छ तर अष्टनारायण र गंगा लगायतमा छैन , मलाइ लाग्छ गोपी र त्यहाँ फिल्म हेर्ने दर्शक उस्तै हुन्’ निर्देशक भट्टराईले हालको रवैया राम्रो नभएको बताए । उनिसँगै हलमा पुगेका द्वन्द निर्देशक हिमाल केसीले पनि यस्तो क्रियाकलापमा आपत्ति जनाए । ‘हलमा पुगेर सोध्दा उल्टै झर्केर अघिनै भनेको होइन गुनगुन छैन भनेर’ भन्ने जवाफ आएको केसीले बताए ।

अष्टनारायणको रवैया प्रति कारवाहीको माग गर्दै आइतबार चलचित्र निर्माता संघमा लिखित पत्र बुझाएका छन् । पत्रमा निर्मातालाई जानकारी विना नै फिल्म हटाएको उल्लेख छ । निर्माताको फिल्म निर्माण र प्रदर्शन गर्ने हक-अधिकारलाई वञ्चित गरि मनोमानी गरेकाले अष्टनारायण हललाई कानुनको दायरामा ल्याएर क्षतीपूर्तीसहित कडा कारवाही गर्न पत्रमा भनिएको छ । फिल्ममा सञ्चिता लुइँटेलसँगै रविन्द्र प्रताप सेन, सुवास मेचेलगायतको अभिनय छ ।

कमेन्ट गर्नुहोस्