फिल्म । पछिल्लो फिल्म ‘टोटल धमाल’ को सफलतापछी अभिनेता अजय देवगन रोमान्टिक कमेडी फिल्म मार्फत दर्शकसामु आएका छन् । फिल्म हो ‘दे दे प्यार दे’ । फिल्ममा उनले ५० वर्ष पार गरेपछि हुने प्रेमलाई देखाएका छन् । फिल्ममा अजयको को-स्टारको रुपमा तब्बु र रकुल प्रीत सिंह छिन । यी दुइसँग अनस्क्रिन रोमान्स अजयले गरेका छन् ।
ट्रेलर मार्फत ठिकै प्रतिक्रिया बटुलेका अजयको फिल्मले राम्रो प्रतिक्रिया भने पाउँन सकेन् । फ्राइडे रिलिज अन्तर्गत हलमा आएको फिल्मले अडियन्स रिभ्यु राम्रो पाउँन सकेको छैन । भारतीय मिडियालाई आधार मान्ने हो भने फिल्मको फस्ट हाफलाई दर्शकले रुचाएता पनि दोस्रो हाफलाई झुर भनेका छन् । फिल्मलाई निर्देशक अकिब अलिले कन्फ्युजिङ बनाएको प्रतिक्रिया भारतीय मिडियामा अडियन्सले दिईरहेका छन् । फिल्मले समिक्षकबाट रेटीङ पनि निकै कम पाएको छ । (एजेन्सी)
कमेन्ट गर्नुहोस्