करोड क्लबमा ‘तिम्रो घरको वरिपरी’

फिल्म । पछिल्लो समय गीतसंगीतलाई हलसम्म दर्शक तान्ने एक माध्यमको रुपमा लिने गरिन्छ । गीतसंगीतले दर्शकलाई फिल्म प्रति पोजेटिभ पनि बनाउने गर्छ । यसैले गर्दा नेपाली फिल्ममा गीतसंगीतको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । गीतसंगीत छनोट गर्न माहिर मानिने निर्देशक मध्यका एक हुन् , सुदर्शन थापा । उनका फिल्मको गीतसंगीत प्राय हिट छन् । उनले दर्शकको रुचाइ अनुसारको गीत ल्याउने कोसिश गर्छन ।

यिनै थापा निर्देशित पछिल्लो फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको पर्खाइमा छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणको कारण फिल्मको रिलिज रोकिएको छ । यद्दपी सार्वजनिक गीतसंगीतले दर्शकको मन जिती रहेका छन् । फिल्मको सार्वजनिक गीत ‘तिम्रो घरको वरिपरी’ यतिबेला लोकप्रिय भइसकेको छ । जनजिब्रोमा झुण्डिएको यस गीतले युटुबमा १ करोड भ्यूज बटुलेको छ । सार्वजनिक भएको २ महिनामा यो गीतले करोड भ्यूज पाएको हो ।

अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको यो गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ । गीतको भिडियोमा फिल्मकै मुख्य कलाकार नायिका पूजा शर्मा र नायक पल शाहलाई फिचरिङ गरिएको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा सौरभ लामाको छायांकन छ ।

कमेन्ट गर्नुहोस्