‘सुस्त सुस्त’ नजिक हुँदै दया र आँचल (गीत)

फिल्म । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘सुस्त सुस्त’ बोलको गीतमा मुख्य कलाकार दयाहाङ राई र आँचल शर्मालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । गीतमा एसडी योगीको संगीत, दिल्लु चम्लागाईको शब्द रचना, संगीतकार योगी र बिज्ञानी पराजुलीको स्वर सुन्न सकिन्छ । गीतमा युमी बलामीको कोरियोग्राफी र रेनेशा वान्तवा राईको निर्देशन रहेको छ ।

फिल्ममा थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा समेटिएको छ । यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ । फिल्ममा दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय गर्नेछ ।

कमेन्ट गर्नुहोस्