करणको नयाँ जोडी

फिल्म । बलिउडमा करण जोहर नै एउटा ब्राण्ड बनिसकेका छन् । उनले आफ्नो कम्पनि धर्मा प्रोडक्सन मार्फत थुप्रै फिल्म दर्शक सामु ल्याएका छन् , जुन रुचाइएका छन् । यिनै करणले आफ्नो प्रोडक्सनमा बनाएको नयाँ जोडी हो , टाइगर श्राफ र तारा सुतारियाको जोडी । जसलाई उनले आफ्नो पछिल्लो फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ मा अभिनय गराएका थिए । फिल्ममा अन्यणा पाण्डे पनि थिइन् , तर दर्शकले टाइगर र ताराको जोडीलाई बढी रुचाए । यसैले करणले अब आउँदो प्रोजेक्टमा यी दुइको जोडीलाई ल्याउने भएका छन् ।

करणले स्टुडेन्ट अफ द इयर मार्फत आलिया भट्ट , वरुण धवन र सिद्धार्थ मलहोत्रालाई लन्च गरेका थिय । त्यसपछि उनले वरुण र आलियाको जोडीलाई अगाडी बढाए । यिनलाई दुल्हनिया सिरिजमा लिए । हम्टी शर्माकि दुल्हनिया र बद्रीनाथकि दुल्हनिया पछी निर्माण हुने सिरिजमा करणले टाइगर र ताराको जोडीलाई प्रस्तुत गर्दैछन् ।

करणले टाइगरलाई बलिउडमा डेब्यु गराउन नपाएको दुखेसो यतिबेला पनि छ । उनले नै विभिन्न अन्तर्वाताको क्रममा आफुले टाइगरको ट्यालेन्टलाई चिन्न नसकेको बताउदै आएका छन् । दुल्हनिया सिरिजसँगै अन्य फिल्ममा पनि वरुण र आलियाको जोडीलाई हिट बनाएका करणले नयाँ जोडी तारा र टाइगरलाई स्थापित कसरि गर्छन ? यो त समयले नै बताउनेछ । तर , यी दुइले सँगै फिल्ममा अभिनय गर्दैछन् भन्ने खबरले फ्यानलाई खुसि भने पक्कै बनाएको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्