संगीत । अनु र विम्व ब्याण्डले ‘आकांक्षा’ बोलको गीत ल्याएका छन् । सार्वजनिक गीतमा शब्द अपेक्षा गुरुङ्गकाे रहेकाे छ भने स्वरसँगै संगीत अनु शाक्यको रहेको छ । यसलाई एरेन्ज प्रदिप जाेशीले गरेका हुन्।
गीतको सार्वजनिक भिडियोमा एलिशा न्याैपानेकाे अभिनय रहेकाे छ भने साथमा ब्याण्डका सदस्यहरुकाे प्रस्तुति पन्नी देख्न सकिन्छ । शन्तु लामाकाे निर्देशनमा बनेकाे भिडियाेलाई रुमन लामाले सम्पादन गरेका हुन् । अनु ब्याण्डकी लिड भाेकलिष्ट हुन् भने उनीसँगै लिड गिटारिष्टमा दिनेश नकर्मी , रिदम गिटारिष्टमा दिविन शाक्य, ड्रमरमा अशमी महर्जन र ब्यसिष्टमा प्रविन महर्जन रहेका छन् ।
कमेन्ट गर्नुहोस्












