फुलटाइम ‘आमा’

फिल्म । अभिनेत्री निशा अधिकारी विवाहपछि फिल्ममा देखिएकी छैनन् । विवाहपछि उनले निर्माण गरेको फिल्म ‘झ्यानाकुटी’ प्रदर्शनमा आयो । यद्दपी उनि पर्दाबाट टाढा भइन । त्यसपछि उनि आम बनिन् । आम बनेपछि त फिल्ममा आउने कुरा नै भएन । फिल्ममा कहिले आउने त ? यस जिज्ञाषामा निशा भन्छिन् ,’सोच त छ तर समय लाग्छ ।’ उनले पछिल्लो समय आफु फुल टाइम मदर रहेको बताइन ।

उनि अभिनयबाट टाढा नरहने बताएता पनि यतिबेला आमाको कर्तव्यमा रहेको जनाइन । ‘म अभिनयबाट टाढा रहन सक्दिन किनकी जानेकै यहिँ हो तर यतिबेला आम हुँ’ उनले भनिन् । ‘मिसन पैसा’ बाट अभिनयमा डेब्यू गरेकी अभिनेत्री निशा क्रिकेटर शरद भेषवाकरसँग विवाह गरेर एक छोराको आमा समेत भैसकेकी छिन् । गत बुधवार फिल्म ‘सेल्फी किङ’ को प्रिमियरमा उपस्थित भएकी अभिनेत्री निशाले मिडियाकर्मीसंग कुराकानी गरेकी हुन् ।

कमेन्ट गर्नुहोस्