संगीत । कोरोना भाइरस (कोभिड १९) को कारण नेपाल ‘लकडाउन’ छ । नेपालमा चैत्र १० गते दोस्रो कोरोना संक्रमितको पुष्टी स्वयम् नेपाल सरकारले गरे लगतै भोलिपल्ट चैत्र ११ गतेदेखि नेपालमा ‘लकडाउन’ गरिएको हो । पछिल्लो समय वैशाख २५ सम्म लकडाउन हुने बताइएको छ । यद्दपी यो लम्बिनेमा दुइ मत छैन । लकडाउनमा विधार्थी तथा दैनिक ज्यालादारी गर्ने श्रमिकलाई अप्ठेरो पर्ने गर्छ । समाजमा परेको अप्ठेरोलाई समाजबाटै समाधान गर्ने प्रयास स्वरूप केहि सहयोगीले हात अगाडी बढाउदै सहयोग गर्ने गर्छन् ।
पछिल्लो समय नेपाली फिल्मका कलाकारहरुले पनि सहयोगी हात अगाडी बढाएका छन् । यसैक्रममा अगाडी आएका छन् , निर्माता तथा संगीतकर्मी बिक्रमजंग शाह । उनि महासचिव रहेको नेपाली कलाकर्मीहरुको संस्था राष्ट्रिय सँगीतकर्मी संघले काठमाडौका विभिन्न स्थानमा कलाकार तथा अलपत्र नागरिकहरुलाई राहत वितरण गरिरहेको छ । चार हप्ताको अवधिमा हाल सम्म तीन हजार बढि पीडितलाई राहत बाडेकाे बिक्रमले जनाएका छन् ।
लकडाउनको समयमा समस्या परेका कलाकारहरुलाई लक्षित गदै सुरु गरिएको राहात वितरण कार्य अलपत्र परेका नागरिकहरु सम्म पनि जोडिएको उनले बताए । ‘हाम्रो उदेश्य कलाकर्मी र संगीतकर्मीलाइ बाड्ने थियो तर राहत वितरणको क्रममा अलपत्र र भोका देखेपछी त्यता पनि सक्रिय भएका हौँ’ बिक्रमले बताए । कहिले चेपाङ समुदाय त कहिले पुल मुनि रात विताइरहेका अलपत्र मानिसहरु समक्ष पुगेर संघले राहत वितरण गरिरहेकाे छ ।
संस्था आफैले ब्यवस्थापन गरेर राहत वितरण गर्दै आएको हाे । शुक्रबार काठमाडौमा घरबार विहिन एक अलपत्र बृद्ध पुरुषको उद्दार समेत गरिएको छ । अत्यन्तै विजाेग अवस्थाका पुरुषलाई उद्दार गरि हाल दक्षिण काेरियामा रहेकि समाजसेवी गाेमा सापकोटाकाे काठमाडौ स्थिति घरमा बस्ने ब्यवस्था मिलाइएको महासचिव शाहले बताए । काठमाडौ,भक्तपुर ललितपुरका विभिन्न स्थानमा पुगेर टाेलिले राहत बाडदै आएको छ । संहका महासचिव बिक्रमले राहत वितरणलाई निरन्तरता दिने समेत बताए ।












