अमेजनमा नेपाली फिल्महरु

0 Shares

फिल्म । वैकल्पिक बजारको खोजी गर्नुपर्ने धारणा तीव्र रूपमा उठिरहेका बेला गणेशदेव पाण्डे निर्मित फिल्म ‘चिनी कम रंग कडा’ अमेजन प्राइम भिडियोमार्फत रिलिज भएको छ । तर, यो फिल्म सीमित देशबाट मात्र हेर्न मिल्नेछ ।

निर्माण टिमले जारी गरेको सूचनाअनुसार फिल्म हाल अमेरिका र बेलायतमा मात्र हेर्न पाइनेछ । नेपालमा भने केही समयपछि प्रदर्शन गरिने निर्माणपक्षले जनाएको छ । फिल्मको गीत र टिजर सार्वजनिक भइसकेका छन् । फिल्ममा मानव सुवेदी, सुशील सिटौला, अनु थापा, रविनजंग थापा, सूर्य थापा, जीवन भट्टराई, प्रकाश भुजेललगायत कलाकारको अभिनय छ । फिल्मलाई विवेक घिमिरेले निर्देशन गरेका हुन् भने गणेशदेव पाण्डेको निर्माण तथा लेखन रहेको छ । फिल्ममा याचोपो रचलिक र लुका मौचेरीको छायांकन र कृष्ण भण्डारीको सम्पादन रहेको छ । (सम्पूर्ण साप्ताहिकबाट साभार)

कमेन्ट गर्नुहोस्