‘हरर’ फिल्मदेखि किन डराउछिन् प्रियंका ?

फिल्म । अभिनेता प्रियंका कार्कीले केहि ‘हरर’ विधाका फिल्ममा अभिनय गरेकी छिन् । यद्यपि नेपालमा प्रविधि र त्यसमा खर्च गर्ने बजेट अभावका कारण दर्शक तर्साउने फिल्ममा हास्ने गरेका छन् । प्रियंका आफैँले पनि आफ्ना केही फिल्मले दर्शक डराउने उदेश्य लिएपनि हसाएको स्वीकारेकी छिन् । त्यसकारण उनले ‘हरर’ विधाका फिल्म खेल्दा प्राविधिक रुपमा कस्तो बन्ला भन्ने डर लाग्ने गरेको प्रतिक्रिया दिएकी छिन् ।

‘मैले मम्मी फिल्मको निर्देशकसहित निर्माण समूहको लगनशीलता देखेर काम गरे । तर, अहिले पनि साउण्डको काम राम्रोसँग गर्नुपर्छ भनेर निर्देशकलाई भनिरहेकी हुन्छु । किनकि हरर फिल्मले हसाएको मैले बुझेकी छु । त्यसैले हामीले प्राविधिक रुपमा मेहनत गर्नु आवश्यक छ’, प्रियंकाले भनिन् ।

उनको अभिनय रहेको फिल्म ‘मम्मी’ आगामी माघ २५ गतेबाट प्रदर्शन आउदैछ । यसकै प्रचारप्रसारको क्रममा प्रियंकाले ‘हरर’ विधामा बन्ने फिल्मको स्क्रीप्ट पढ्दा र सुन्दा भइने उत्साह काम गर्दा सकिने बताएकी हुन् । ‘हरर फिल्म लेखिएको २० प्रतिशत पनि पर्दामा नआएको अनुभव छ । त्यसकारण यहाँ दर्शक भएपनि हामीले सन्तुष्ट पार्न सकेका छैनौं’, प्रियंकाले भनिन् ।

समर निरौलाको डेव्यु निर्देशकिय फिल्म ‘मम्मी’ मा परिवारको प्रिय कुकुरको दु:खद निधन पश्चात छोरीले घरमा कालो बिरालो पाल्न थालेपछि सिलसिलेवार ढंगले परिवारमा निम्तिने काला विपत्तिको श्रृंखला र त्यसले विगठन उन्मुख हुन थालेको परिवारको कथा देख्न पाईने छ ।

माघ २५ गते रिलिज हुने फिल्ममा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारतीको मुख्य भूमिका रहेको छ । यसमा उनीहरुका अलावा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फिलममा समर निरौला र पूर्णिमा जोशीको लेखन रहेको छ । यसका निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।

फिल्मको छायाँकन निशाल पौडेल र शरद महतोले संयूक्त रुपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ । यसैगरी पाश्र्व ध्वनीमा रोहित शाक्य, साउन्ड डिजाईनमा श्रवल आरपी, रंग संयोजनमा दिपेश चौधरी तथा संगीतकारमा एसडी योगी रहेका छन् ।

कमेन्ट गर्नुहोस्