‘११:५५’ ट्रेलरलाई भ्यूज पाउनै सकस

फिल्म । गत विहिबार काठमाडौँमा कार्यक्रम गर्दै सार्वजनिक गरिएको फिल्म ‘११ः५५’ ट्रेलरलाई भ्यूज पाउन सकस देखिएको छ । सार्वजनिक गरेको २४ घण्टा नपुग्दै सर्वाधिक भ्यूजसहित ट्रेण्डिङमा ट्रेलर तथा गीतसङ्गीत परेको खबर सार्वजनिक भइरहेका बेला फिल्म ‘११:५५’ को ट्रेलरले यो न्युज तयार पार्दासम्म ६० हजार मात्र भ्यूज पाएको छ ।

यो फिल्मका हिसाबले निकै न्यून हो । केशव पाण्डेको कथा र निर्देशन रहेको फिल्ममा महेश त्रिपाठी, सृष्टी श्रेष्ठ, सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, बुद्धी तामाङ, एमएस अग्रज लगायतका कलाकार रहेता पनि दर्शकको चासो फिल्ममा नदेखिएको यसले [[प्राप्त गरेको भ्यूजले सङ्केत गरेको छ ।

आफ्नै विशेषता बोकेका व्यक्तिले निम्त्याउने स-साना घटनाक्रमले सिर्जना गर्ने परिस्थिति देखाइएको फिल्मको ट्रेलरललाई सिमित वर्गले तारिफ गरेका छन् । यद्यपि त्यसको प्रभाव सामग्रीमा देखिएको छैन ।

कमेन्ट गर्नुहोस्