‘क्यारेक्टरलाई न्याय गर्न हर कोसिस गरेको छु’ सुशील

फिल्म । निर्माणको समय देखि नै फिल्म ‘रणवीर’ चर्चामा छ । फिल्म मेकिङको कारण चर्चामा रहेको छ । निर्माण युनिटले पोखरामा पत्रकार सम्मेलन गर्दै फिल्म बारे जानकारी गराएको छ । फिल्ममा साउथको स्वाद छ तर नेपाली पन पनि छ’ यसै फिल्म मार्फत डेब्यु गर्न लागेका निर्देशक गोविन्द सिंह भण्डारी भन्छन् ‘फिल्म मनोरंजनको फुल प्याकेज हो ।’ उनले साउथ इण्डियन केहि फिल्ममा एसिस्टेन्टको रुपमा काम गरेका छन् । नेपाली केहि फिल्ममा पनि मुख्य सहायक निर्देशक भइ काम गरेका गोविन्द मात्र होइन सन् २०१२ कि मिस इन्टरनेशनल सुबेक्षा खड्का पनि यसै फिल्मबाट डेब्यु गर्दैछिन् ।

‘म फिल्ममा आउँन नचाहेको होइन तर मलाइ मन पर्ने स्क्रिप्ट र टिम नपाएकी हु’ सुबेक्षा भन्छिन् ‘फिल्मले दर्शकलाइ निराश बनाउदैन अनि मेकिङ पनि एक स्टेप माथि छ ।’ अर्की डेब्यु गर्ल सुपुस्पा भट्ट पनि निकै आश्वादी छिन । ‘डेब्युमै राम्रो टिम पाए , मलाइ नया भएको फिलनै भएन’ सुपुस्पा भन्छिन् ‘डेब्यु फिल्म मार्फतनै दर्शकको मन जित्ने किसीमको काम गरेकी छु जस्तो लाग्छ , आश छ दर्शकले रुचाउनु हुन्छ ।’ फिल्मका निर्माता दिपेन्द्र रेग्मी भने यिनलाई डेब्यु देख्दैनन् । ‘फिल्मको लागि नया अनुहार भएपनि उहाहरु परिचित नै हो , त्यसैले डेब्यु गराएर जोखिम कतै लिएको छैन’पोखरामा फिल्म पत्रकारको जिज्ञाषा मेटाउदै उनले थपे ‘फिल्म राम्रो लागेन भने मलाइ भन्नुस , म गुनासो सुन्न तयार छु ।’ फिल्मका रणवीर अर्थात सुशील सिटौलाले आफुले कडा मेहनत गरेको बताए ।

‘रणवीर बन्न मैले गर्नु पर्ने सबै मेहनत गरेको छु’ सुशील भन्छन् ‘मैले आफ्नो तौल मात्र १५ केजी बढाएको थिए , क्यारेक्टरलाई जस्टिफाई गरे जस्तो लाग्छ ।’ सुशीलको मेहनतले रणवीर बनेको निर्मात्री गोमा विष्ट थापाले बताइन । ‘हामीले नेपाली फिल्मको मेकिङ अन्य भन्दा कम नहोस भनेर विना सम्झौता तयार गरेका छौ’ उनि थप्छिन् ‘फिल्म हेरिरहदा दर्शकले मनोरंजनसँगै संदेश पनि पाउनु हुनेछ ।’यसमा प्रशान्त ताम्राकार टिका पहाडी , नरेश पौडेल , रवी गिरी र हरिहर शर्मा ,जीवन भट्टराई , भोलाराज सापकोटा , शैलेश्वरी सिंह , जगदीश रिजाल , बसन्ती भट्ट लगायतको पनि अभिनय रहेको छ ।

फिल्मको ट्रेलरलाई साहिल खानले तयार पारेका हुन् । फिल्मलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा माया , मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने , गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

कमेन्ट गर्नुहोस्