क्यानाडामा ‘१२ गाउँ’ प्रदर्शन हुँदै

फिल्म । नेपालमा सफलताका साथ् प्रदर्शन भइरहेको फिल्म ‘१२ गाउँ’ क्यानडामा पनि प्रदर्शन हुने भएको छ । निर्देशक तथा अभिनेता विराज भट्ट, उनका छोरा समीर भट्ट लगायतको अभिनय रहेको फिल्मको क्यानडा प्रदर्शन अधिकार आगन इभेन्ट्सका लागि जीआर भण्डारीले लिएका छन् । उनले दर्शकको मागकै कारण आफूले फिल्म क्यानाडा भित्र्याएको बताए ।

‘यो फिल्मको सार्वजनिक सामग्रीले हामीलाई आकर्षित गरेको हो । अहिले बनिरहेका फिल्म भन्दा केही फरक भएकाले दर्शक आकर्षित भएको पाएँ’, स्थानीय वितरक भण्डारीले भने । उनले क्यानडाको केहि सहरमा प्रदर्शन तय भएको र केहीमा बाँकी रहेकाले इच्छुकले आफूलाई सम्पर्क गर्न सकिने जानकारी दिए ।

कमेन्ट गर्नुहोस्