फिल्म । अभिनेता तथा निर्माता ऋषभ शेट्टीको फिल्म ‘कान्तारा: च्याप्टर १’ को प्रचारप्रसारलाई तिब्रता दिईएको छ । फिल्म प्रदर्शन हुन् २७ दिन बाँकी हुँदा नै यसको केही दृश्यलाई सार्वजनिक गर्दै निर्माण पक्षले फिल्मको प्रचार थालेको हो । मेगा ब्लकबस्टर ‘कान्तारा’को प्रिक्वेल भनिएको यो फिल्म आगामी २ अक्टोबरमा विश्वव्यापी रिलिज हुने भएको छ । गत वर्षदेखि निर्माणमा रहेको यो प्यान-इन्डिया फिल्मबारे केही दिनयता स्थगित भएको हल्ला फैलिएको थियो । तर, निर्माण पक्षले ती अफवाहलाई खण्डन गर्दै गान्धी जयन्तीको अवसरमा निर्धारित समयमै रिलिज हुने पुष्टि गरेको छ ।
होम्बले फिल्म्सद्वारा निर्मित यो फिल्ममा ऋषभ शेट्टीले मुख्य भूमिका निर्वाह गर्नुका साथै निर्देशन पनि गरेका छन् । एकसय करोडभन्दा बढी बजेटमा निर्माण भएको यो फिल्म कदम्ब राजवंशको समयमा कादुबेट्टु शिवको उत्पत्तिको कथा खोज्छ । अविस्मरणीय उजाड स्थान र बिर्सिएको कथालाई पुनर्जागृत गर्ने यो फिल्मले दर्शकलाई इतिहास र संस्कृतिको गहिराइमा लैजाने अपेक्षा गरिएको छ ।
‘कान्तारा: च्याप्टर १’ कन्नड, हिन्दी, तेलुगु, मलयालम र तमिल भाषामा रिलिज हुनेछ ।











