अब पालो खुशीको ?

फिल्म । स्टारकिडको गडफादर नै मानिने करण जोहरले सन् २०१९ मा कसलाई बलिउडमा डेब्यु गराउदैछन् त ? यो जिज्ञाषा धेरैलाइ छ , यसैले उनलाई एक शो मा नेहा धुपियाले यहि प्रश्न गरिन् । ‘नो फिल्टर नेहा’ मा करणले सन् २०१९ मा खुशी कपुरलाई बलिउडमा ल्याउने बताए । उनले भने ‘खुशी फिल्मी छिन यसैले पनि उनलाई बलिउडमा छिटै ल्याउनु पर्छ ।’

निर्माता बोनी कपुर तथा एक्ट्रेस श्रीदेवीकि छोरी खुशीसँगै करणले जावेद जाफरीका छोरा मिजान जाफरीलाई पनि डेब्यु गराउदै छन् । ‘यी दुईको जोडी राम्रो देखिन्छ , त्यसैले म उत्सुक छु बलिउडमा ल्याउन’ करणले कुराकानीकै क्रममा भने । यस वर्ष सन् २०१८ मा उनले बलिउडमा फिल्म ‘धड़क’ मार्फत शहिद कपूरका भाइ इशान खट्टर र खुशीकि दिदि जान्ह्वी कपूरलाई बलिउडमा डेब्यु गराएका थिए । उनले आलिया भट्ट , वरुण धवन , सिद्धार्थ मलहोत्रा लगायतका स्टारकिडलाई बलिउडमा डेब्यु गराईसकेका छन् ।

कमेन्ट गर्नुहोस्