नयाँ फिल्ममा विक्रमको नयाँ लुक्स (टिजर भिडियो)

फिल्म । आइ अभिनेता चियान विक्रम नयाँ फिल्ममा नयाँ गेटअपमा देखिएका छन् । अघिल्ला फिल्ममा क्लिन सेभमा देखिने गरेका विक्रमले केहि फिल्म यता आफ्नो दाह्री लुक्सलाई अगाडी ल्याईरहेका छन् । नयाँ फिल्म ‘कडराम कोनदन’ मा उनि पाका उमेरका देखिएका छन् । सार्वजनिक टिजरमा देखिएको उनको लुक्सलाई दर्शकले रुचाएको छ । एक्सन ड्रामा फिल्मको सार्वजनिक टिजर विक्रममा नै केन्द्रित छ । फिल्ममा विक्रमसँगै अक्षरा हसन पनि छिन । राकेश एम सेल्भाको निर्देशनमा तयार फिल्मलाई आउदो समरमा रिलिज गरिने टिजरमा जनाइएको छ । फिल्मका प्रस्तुतकर्ता कमल हसन हुन् ।

कमेन्ट गर्नुहोस्