तिन खानको गोप्य भेटघाट

फिल्म । गतवर्ष बलिउडले अप्रत्याशित नतिजा देख्यो । आश गरिएका ठुला तिन फिल्म फ्लप भयो । अर्थात गत वर्ष बलिउडमा खान स्टारलाई दर्शकले साथ् दिएनन् । सलमान खानको रेस ३ , आमिर खानको ठग्स अफ हिन्दोस्तान र शाहरुख खानको जिरोले बलिउडमा असफलता हात पारेपछि यतिबेला यिनलाई आउँदो समयको चिन्ता छ । सलमान र आमिरले त फाट्टफुट्ट असफलता पाएका हुन् तर शाहरुख त असफलताको जलजालमा छन् । यसैले गर्दा पनि तिन खान शाहरुख , आमिर र सलमानले मिटिङ गरेका छन् ।

यी तिनै खानको भेटघाट बान्द्रा स्थित शाहरुखको घरमा भएको थियो । यिनले प्रोजेक्ट बरेमा भेटघाट गरेका हुन् या समाय्न्य भेटघाट यो भने खुल्न सकेको छैन । त्यसो त शाहरुखले बेला बखतमा भेटघाटको लागि खान ब्र्दसलाइ बोलाउने पनि गर्छन । शाहरुखले पछिल्लो समय सलमानको फिल्म ‘दबंग ३’ मा केमियो गरेका छन् । यो फिल्म आउँदो डिसेम्बरमा रिलिज हुनेछ ।

कमेन्ट गर्नुहोस्