फिल्म । भारतसँगै विश्वभर १२ जनवरी अर्थात् गत हप्तादेखि प्रदर्शन भएको फिल्म ‘हनुमान’ ले राम्रो व्यापार गरिरहेको छ । विशेषत भारतमा यसलाई दर्शकले रुचाएका छन् । त्यसैले न्यून बजेटमा निर्माण भएको फिल्मको चर्चा भईरहेको छ । यद्यपिसँगै प्रदर्शन भएको ‘मेरी क्रिसमस’ले दर्शकको साथ पाएन् । ‘बद्लापुर’ र ‘अन्धाधुन्ध’ जस्तो फिल्म निर्देशन गरेका श्रीराम राघवनको फिल्मले दर्शकको साथ पाउने आस नेपालका वितरकलाई थियो ।
सोही कारण उनीहरूले ‘हनुमान’ नभई कट्रिना कैफ र विजय सेतुपति अभिनित ‘मेरी क्रिसमस’ नेपा ल्याए । उक्त फिल्मले दर्शक नपाउनु र भारतमा ‘हनुमान’ ले दर्शक पाउनुले नेपाली वितरक लोभीए । त्यहि कारण प्रदर्शनको एकसातापछि नेपाल भित्र्याउने निर्णय लिए । नेपाली वितरण कम्पनी ब्यांकटेश इन्टरटेनमेन्टले यो फिल्मलाई नेपाल ल्याएको हो । त्यसो त प्रदर्शनको सातापछि नेपाल ल्याउदा फिल्म सस्तो पनि पर्छ । तर, फिल्मको चर्चासँगै इन्टरनेटमा हल प्रिन्ट (पाइरेसी) उपलब्ध भएकाले दर्शकले त्यहाँ हेरेर सामाजिक सञ्जालमा प्रतिक्रिया दिईरहेका छन् ।
यति मात्र हैन, वितरकले नेपालमा फिल्मको कमाइको केही हिस्सा अयोध्याको राममन्दिरमा पठाउने घोषणा गरेसँगै विवादमा परे । नेपाली वितरकले त यो फिल्मको हरेक टिकटबाट आएको रकमको ५ रूपैयाँ भारतमा निर्माण भइरहेको राम मन्दिरका लागि खर्च गर्ने घोषणा गरेसँगै नेपालमा परेको दैवी प्रकोप सहायता नगरेको आरोप लागेको छ । सामाजिक सञ्जालमार्फत उक्त वितरण कम्पनिलाई जाजरकोटको भुकम्प प्रभावितलाई सघाउन अनुरोध गरिएको छ । आफ्नै स्वदेशको पिडा नदेख्ने वितरकले चर्चाकै लागि भारत रकम पठाउन खोजेको भनिएको छ । सायद, यही कुरा बुझेर हुनसक्छ यो फिल्ममाथि दर्शकको खासै चासो गएको देखिँदैन ।
नेपाली दर्शकबाट धार्मिक सहानुभूति बटुलेर वितरकहरु पैसा कमाउन चाहिरहेता पनि नेपालमा बुकिङ्ग शुन्य झैँ देखिएको छ । पहिलो दिन फिल्म हेर्न हलमा दर्शकको सङ्ख्या लगभग शुन्य छ ।
काठमाडौंका अधिकांश मल्टिप्लेक्समा यो फिल्मले पाएको शोजमा दर्शकको सङ्ख्या औँलामा सहजै गन्न सकिने खालको छ । अर्थात् नेपालमा पैसा कमाउन भित्र्याएको फिल्मले पुनः वितरण कम्पनि र वितरकलाई घाटामा लाग्ने देखिएको छ । प्रदर्शक अर्थात् हल संचालकले दर्शक नभएता पनि सो सङ्ख्या उल्लेख्य दिएका छन् । नेपाली फिल्मको हकमा यही बुकिङ हुन्थ्यो भने फिल्मको सो सङ्ख्या एक देखि दुई हुन्थ्यो ।
प्रदर्शकको यस्तै प्रवृतिको विरोध गर्दै अभिनेता तथा निर्देशक नीर शाहले हालै एक कार्यक्रमा नेपालमा स्वदेशी फिल्म प्राथमिकतामा नपर्ने बताएका थिए । उनले स्वदेशी फिल्मलाई भन्दा बढी विदेशी फिल्मलाई प्राथमिकता दिने प्रदर्शकको कार्यशैलीले नेपाली फिल्मलाई उद्योग बन्न प्रोत्साहन नगरिरहेको आरोप लगाएका थिए ।











