‘यो सम्झिने मन छ, म बिर्सूं कसरी’

संगीत । नेपाली गीतसंगीतमा सधै श्रद्धा पुर्वक लिइने नाम हो , स्वरसम्राट नारायण गोपाल । उनका कालजयी गीतसंगीतले यतिबेला पनि उनलाई हामीसँगै , साथै राखेको छ । उनको २९ औं स्मृति दिवस आज काठमाडौंमा विभिन्न कार्यक्रम गरी मनाइदैँ छ । असंख्य कालजयी गीतका सर्जक तथा जादुमय स्वरका धनी स्वरसम्राट नारायणगोपालको जन्म बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको कोखबाट १९९६ असोज १८ गते काठमाडौंमा भएको थियो । विसं २०४७ मंसिर १९ गते ५१ वर्षको उमेरमा उनको पार्थिव शारिरले यो संसार छाडेको थियो । नेपाली सांगीतिक क्षेत्रमा गहिरो प्रभाव छाडेर संसारबाट विदा भएका स्वरसम्राट अहिले पनि जनजनको मनमनमा जीवन्त जस्तै छन् । उनका कालजयी गीतहले नेपाली गीत संगीतको स्वरुप नै बदलिदिएको छ । उनका गीत अहिलेको पुस्ता माँझ पनि उत्तिकै लोकप्रिय छ ।

प्रेम र देशभक्ति गीत गाउन मनपराउने स्वरसम्राट शब्द र संगीतमा निकै ध्यान दिन्थे । त्यसैले त करिब १ सय गीतमा आवाज भरेका उनका सबै गीत कालजयी छन् । यो सम्झिने मन छ, म बिर्सूं कसरी’, आँखा छोपी नरोउ भनी भन्नु पर्या छ’, एउटा मान्छेको मायाले कति’ जस्ता कालजयी गीतहरुमा आवाज दिनुभएका स्वरम्राटको स्वर माधुर्यले अहिलेपनि लोकप्रियताको सगरमाथा चुमिरहको छ । त्यसैले त स्वरसम्राटको सम्झना र नेपाली संगीतलाई जीवित राख्न नारायणगोपाल संगीत कोषले हरेक वर्ष उनको पुण्य तिथिमा काठमाडौंको महाराजगञ्जस्थित उनकै निवासमा कार्यक्रम गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्