‘म हुँ सृष्टिको फक्ताङलुङ’ मार्फत मौसमीको कमब्याक

सङ्गीत । अभिनेत्री मौसमी मल्ल लामो समयपछि ‘म हुँ सृष्टिको फक्ताङलुङ’ बोलको गीतको भिडियोमार्फत दर्शकमाझ फर्किएकी छन् । गायिका नीता आचार्यको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएसँगै मौसमीको कमब्याक भएको हो ।

गोविन्द राईको निर्देशनमा तयार भएको भिडियोमा मौसमी नेपाली मौलिक भेषभूषामा विभिन्न ऐतिहासिक र सांस्कृतिक पात्रको रूपमा प्रस्तुत भएकी छन् । नेपालको इतिहास र पहिचान झल्काउने विषयवस्तु तथा रमणीय स्थानमा छायाङ्कन गरिएका दृश्य भिडियोको मुख्य आकर्षण बनेका छन्।

मौसमीले सामाजिक सञ्जालमार्फत आफू गीतको भिडियोमार्फत दर्शकमाझ आएको जानकारी दिँदै भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेकी छन्। उनले आफू हाल नेपालमै रहेको जानकारी पनि साझा गरेकी छन्।

गीतमा मनु लोहोरुङ राईको शब्द, साज सिंहको संगीत तथा एरेन्ज रहेको छ। सुरज प्रधानको रेकर्डिङ रहेको भिडियोको छायाङ्कन हिमाल श्रेष्ठले गरेका हुन् भने डिओपी सौरभ लामा रहेका छन्। भिडियोको सम्पादन सन्देश शाह, कलरिङ राजेन्द्र मोक्तान तथा भिएफएक्स सत्यम रानाले गरेका छन्। ड्रोन छायाङ्कन विशालले गरेका छन्।

कमेन्ट गर्नुहोस्