पानीफोटो : द्वन्द्वको घाउ

फिल्म । खगेन्द्र लामिछाने नाटक हुँदै फिल्ममा उदाएका कलाकार हुन्। लेखनको विधामा पोख्त खगेन्द्रले आफ्नो भूमिकालाई जीवन्त बनाउने गर्छन। यसैले उनको फिल्म प्रति दर्शकमा विश्वास छ। सन् २०१३ मा फिल्म ‘बधशाला’ मा उनले अभिनय गरे। तर, उनी फिल्ममा देखिएनन्। बोरा भित्र कैद पात्रलाई उनले जीवन्त बनाउन गरेको मेहनत हलसम्म पुगेका दर्शकले बुझेनन्। तर, उनको कलाकारिताप्रतिको इमान्दारिता र लगनशीलताले नै उनलाई आज अभिनेतासँगै लेखकको रुपमा स्थापित गरिसकेको छ।

उनी आउँदो फिल्म ’पानीफोटो’ मार्फत् निर्देशनमा डेब्यु गर्दैछन्। यो उनको सपना थियो। आफूले सानैदेखि सुन्दै आएको कथालाई अन्यको भोगाइसँग मिल्दो पाएपछि उनले नाटक हुँदै फिल्मको स्वरूप दिएका छन्। ‘यो कथा धेरै कहाँ पुग्नुपर्छ’, उनले भन्ने गर्छन्। यद्दपि उनको दरिलो परिचय लेखक नै हो। विक्रम संवत २०५७ सालमा खगेन्द्र स्याङ्जाबाट लेखक बन्ने सपना बोकेर काठमाडौं आएका थिए। गाउँबाट आउँदा उनी र उनका सपना मात्र थिए। यसैक्रममा नाटक लेख्ने अवसर मिल्यो र समयसँगै कलाकार पनि भए। गुरु सुनील पोखरेल र अनुप बरालले उनको कामलाई धेरै समर्थन गरेकाले कला र साहित्य क्षेत्रमा अघि बढ्ने उत्साह पाएको उनी बताउँछन्।

फिल्म ‘पानीफोटो’ मा द्वन्द्वको समयमा बेपत्ता भएको छोरा खोजिरहेका बुवाआमाको कथा देखाइएको छ। ट्रेलरमा समेटिएको अनुप बराल र मेनुका प्रधानको संवादले फिल्म हेर्ने उत्साह बढाएको छ। ट्रेलरको मर्मस्पर्शी संवादसँग दर्शक जोडिएको प्रतिकिया सामाजिक सञ्जालमा पढ्न पाइन्छ।

साहित्य र कलाप्रति जतिजति लगाव बढ्दै गयो, उनले कमजोर आर्थिक अवस्थाले थिच्दै गरेता पनि वे–वास्ता नै गरे। अहिले पनि उनी निर्देशक बन्दै गर्दा आफ्नो बल्दो करियरको तीन वर्ष भन्दा बढी समय उनले दिइसकेका छन्। यो समयमा उनले निर्माताको आग्रहलाई मात्र पनि स्वीकारेको भए ६ हाराहारीमा फिल्म खेलिसक्थे। तर, उनलाई आफ्नो कथा भन्नु थियो। त्यो पनि आफ्नै शैलीमा आफैले। उनले त्यस्तै गरे।

उनी द्वन्द्वसँग कहिले जोडीएनन्। तर, उनका फिल्म, कथा, साहित्यमा द्वन्द्व छ। उनी प्रत्यक्ष रुपमा नभएता पनि द्वन्द्वबाट अछुतो थिएनन्। ’गाउँमा रहँदा पनि द्वन्द्वसँग त्यति परिचित थिइन्। यद्दपि आफ्नो ऊर्जावान जीवनओ दश वर्ष द्वन्द्व रहेकाले पूर्ण रुपमा अछुतो पनि थिइन’, उनले भने। उनले गाउँ स्याङ्गजा रहँदा माओवादीको गतिविधिलाई नजिकबाट नियालेनन्। तर, उनले द्वन्द्वको धेरै कथा पढेका छन्।’
बीबीसीको एउटा साथी थियो। उसले नेपाली कथालाई अंग्रेजीमा ट्रान्सलेट गर्ने काम गरिरहेको थियो। केही कथाले उसलाई छोएछ। मलाई सजेस्ट गर्यो। मैले ती कथालाई अध्यन गरेँ’ खगेन्द्रले सम्झिए। उनी लेख्नमा पाइला चाल्दै गरेकाले उनलाई ती कथाहरु पढ्न सुझाइएको थियो। उनले पढेपछि आफ्नो बाल्यकाल सम्झिए। उनको परिवारमा पनि मामा बेपत्ता छन्। उनको हजुआमा ले अझैँ छोरा आउँछ कि भनेर कुर्ने गरेकी छिन्।

’बाल्यकालमा हजुरआमा मार्फत् मैले मामा हराएको प्रसंगलाई धेरै पटक सुनेको छु। त्यसले पारेको प्रभावलाई देखेको छु। अहिले पनि हजुरआमाले मामा पर्खिरहेको उनले महसुस गरेको छु’, उनले भने। अनि त्यसले एउटा आमाले दिएको पीडा व्यक्त गर्ने शब्द नै उनीसँग छैन। बाल्यकालको त्यो परिवारको पीडालाई उनले पढेका कथामा पनि महसुस गरे। ‘कसैको अभिभावक, कसैको सन्तान बेपत्ता भएका छन्। उनीहरुले सामाजिक र धार्मिक मर्यादाको ख्याल नगरी पर्खाइ छोडेका छैनन्’ उनले भने। द्वन्द्वको समय भएकाले उनले ती कथालाई व्यक्त गर्न सकेनन्। तर, माओवादी शान्ति प्रक्रियामा आएपछि उनले सन् २०१० को फ्रेबुअरीमा गुरुकुलमा नाटक मन्चन गरे। उनी व्याचको नाटक निर्देशक गर्ने पहिलो विद्यार्थी थिए।

’बाल्यकालमा हजुरआमा मार्फत् मैले मामा हराएको प्रसंगलाई धेरै पटक सुनेको छु। त्यसले पारेको प्रभावलाई देखेको छु। अहिले पनि हजुरआमाले मामा पर्खिरहेको उनले महसुस गरेको छु ।’

‘मलाई यो कथा छिटो भनौँ भन्ने लागेको थियो। त्यसैले देश शान्ति प्रक्रियामा गएपछि कथालाई नाटक मार्फत व्यक्त गरे’ खगेन्द्रले भने। ३५ शो मन्चन भएको नाटकलाई अझैँ धेरै दर्शक समक्ष पुर्याउनु पर्छ भनेर फिल्मको स्वरूपमा ल्याएका छन्। उनले नाटकलाई फिल्ममा ल्याउने सोच २०१० मै बनाए। तर, त्यो समयमा बन्ने फिल्म र भन्ने कथ्यशैली भिन्न थियो। त्यसैले उनले प्रतीक्षा गरे।

टल्क जंग भर्सेस टुल्केलाई निर्माण गरेपछि आफूले चाहेको कथालाई भन्न सकिन्छ भन्ने उनलाई लाग्यो। यद्दपि उनी समयको पर्खाइमा थिए। उनले पशुपति प्रसाद फिल्ममा अभिनयसँगै निर्माताको रुपमा रहे। फिल्मले पाएको प्रतिक्रियाले उनमा उत्साह भर्यो। सरल र स्वाभाविक कथालाई उनले पर्दामा ल्याएका थिए। फिल्मले दर्शकको मन जित्यो। समीक्षक मात्र नभई दर्शकले पनि फिल्म रुचाए। आफूमा दर्शकको विश्वाश देखेपछि अब कथा भन्छु भन्ने उनलाई लाग्यो। त्यसपछि उनले नाटकको स्वरूपलाई फिल्ममा रूपान्तरण गर्ने प्रक्रिया सुरु गरे।

‘मैले यो कथालाई आफैँले भन्नु पर्छ भनेर लागे। लेखनकै लागि मैले धेरै समय लगाए। किनकी मैले पानीफोटोको जिस्ट लिएको थिएँ। तर, मलाई फिल्मकै शैलीमा व्यक्त गर्नुपर्ने थियो। मैले परिवेशमा केही भिन्नता ल्याएको छु। केही पात्र हटाएको छु भने केही थपेको छु’, उनले भने। आफैँले फिल्म निर्माण गर्ने सोच बनाएका थिए। तर, ’जय भोले’ मा काम गरेपछि उनी रविन्द्र बज्राचार्यसँग ठोकिए। उनले आफ्नो भावना मिलेपछि सम्भावित जोखिमलाई बताउदै फिल्म निर्माणमा सहकार्य गर्न तयार भए।

‘म, मेरो कारणले कोही घाटामा नपरोस् भन्ने लाग्थ्यो। मैले यो कथा भन्न चाहेको हुँ। मलाई यो फिल्मको नोक्सानले असर पार्दैन त भन्दिन। तर, मेरो चाहना यो कथा धेरैसम्म पुगोस् भन्ने हो। यसको घाटाले मैले यस्तै किसिमको फिल्म बनाउन नसकुला तर त्यो अरुले कत्तिको बुझ्लान भन्ने थियो। त्यसैले सहकार्य गर्दा नै जोखिम बारे पूर्ण रुपमा जानकार गराएर मात्र तयार भएको हुँ’, खगेन्द्रले भने।
उनले आफैँ फिल्म लेखे, पात्र सिर्जना गरे, परिवेश बनाए। फिल्म छायांकनमा जानु अगाडि नै उनले टेक्निसियन र कलाकारले बुझ्ने स्टोरी बोर्ड तयार गरे। प्रोडक्सनमा उनलाई शंकर पाण्डेले भने झैँ सघाए। ‘पशुपति प्रसाद’ पश्चात लेख्नमा जुटेका खगेन्द्रले फिल्ममा अभिनय भन्दा पनि निर्देशकीय पाटोलाई सम्हालेका छन्। उनले लेखक र निर्देशकको रुपमा बुझेका पात्रलाई आफैँ अभिनेता हुँदा हुँदै किन सहजै अरुलाई दिए त ?

आफैँले फिल्म निर्माण गर्ने सोच बनाएका थिए। तर, ’जय भोले’ मा काम गरेपछि उनी रविन्द्र बज्राचार्यसँग ठोकिए। उनले आफ्नो भावना मिलेपछि सम्भावित जोखिमलाई बताउदै फिल्म निर्माणमा सहकार्य गर्न तयार भए।

उनले आफैँले पात्रलाई निर्वाह गर्ने प्रयाश नगरेका होइनन्। ‘त्यो पात्रको सतहमा पुगेकै कारण मैले नै निर्वाह गर्ने सोच बनाएको थिएँ। तर, द्वन्द्वमा बेपत्ता छोराको खोजी गर्दा म उमेर भन्दा बढी देखिनु पर्ने थियो। त्यसको लागि मेकअप आर्टिस्टसँग पनि कुराकानी गरेँ। हरेक प्रयासका बाबजुद नमिलेपछि म भित्र निर्देशकले अभिनेतालाई रिजेक्ट गर्यो’, उनले भने।

उनले विदेशी फिल्ममा मेकअप गरिरहेका एक नेपाली आर्टिस्टलाई नै आग्रह गरेका थिए। ६० बढीको उमेरमा देखिनु पर्ने हुँदा मेकअपको विभिन्न सामग्री चाहिने भयो। ती आर्टिस्टले पनि सामग्रीको खर्च मात्र बेहोर्न भने। तर, हवाईयात्रामार्फत् ल्याउन नमिल्ने र स्थल मार्गमार्फत् ल्याउदा बेहुर्नु पर्ने कानुनी झन्झटले ती मेकअप आर्टिस्टले काम गर्न सकेनन्।

यहाँ उनले बजेटको सिमित परिबन्ध कारण कलामा अङ्कुस लगाउनु पर्यो। उनीसँग कानुनी सहुलियत र प्रयाप्त बजेट हुन्थ्यो भने पक्कै भूमिका बाच्थे। तर, सीमित बजारको परिबन्धले उनलाई अभिनेतासँगै निर्माताको रुपमा पनि सोच्न बाध्य बनायो। त्यसमाथि उनीसँग निर्माणमा सहकार्य गरिरहेका रविन्द्रलाई पनि ख्याल गर्नु पर्ने थियो। फलत : उनले भूमिका गुरु सुनिल पोखरेललाई दिए। अन्तिम समयमा सुनिलसँगकै समझदारीमा फिल्ममा अनुप बराललाई कास्ट गरे। फिल्म छायांकन अगाडि नै गरिएको प्रि–वर्कले उनलाई फ्लोरमा सघायो। काम फटाफट भयो। पानी पर्ने बाहेकको अन्य कारणले फिल्मको छायांकन रोकिएन। लेखक, निर्माता, निर्देशक मात्र नभई दर्शकको हिसाबले फिल्म हेर्दा पनि उनी सन्तुष्ट छन्।

सीमित बजारको परिबन्धले उनलाई अभिनेतासँगै निर्माताको रुपमा पनि सोच्न बाध्य बनायो। त्यसमाथि उनीसँग निर्माणमा सहकार्य गरिरहेका रविन्द्रलाई पनि ख्याल गर्नु पर्ने थियो। फलत : उनले भूमिका गुरु सुनिल पोखरेललाई दिए।

तर, यस्ता फिल्मको व्यावसायिक पाटो नेपालमा कमजोर छ। यस किसिमका फिल्म हेर्ने दर्शक कम छन्। मौलिकता देखिएन भन्ने सामाजिक सञ्जाल र चिया गफमा मात्र सीमित हुँदा व्यावसायिक जोखिम मोलेर बनेका फिल्मले निर्मातालाई व्यावसायिक सफलता दिन सकेको छैन। यसबारे जानकार नै छन्, खगेन्द्र। ‘हामीकहा यस्ता फिल्मका दर्शक कम छन्। तर, हामीले बनाउने कथामा हाम्रै पन हुनुपर्छ। समाज जोडिएको हुनुपर्छ। भलै दर्शकले ढिलो बुझ्लान वा रोजाईमा फिल्म नपर्ला’, उनले भने। उनी समाजमै देखिएको वा त्यहीको कथालाई फिल्ममा ल्याउन नछाड्ने बताउछन्। कथा भन्द इमान्दारिताका साथ भन्ने उनको आफ्नै शैली छ।

द्वन्द्वले विभिन्न क्षेत्रमा भिन्न भिन्न अवरोध सिर्जना गर्यो। तर, एउटा सामान्य परिवारको छोरा बेपत्ता हुँदाको भोगाइलाई उनले धेरै दर्शकसम्म पुर्याउने जमर्को गरेका छन्। नेपाली फिल्मलाई लिएर हेर्ने दर्शक विभाजित छन्। किनकी यथार्थपरक फिल्मलाई हलमा हेर्ने तगडा रिभ्यु नपाउँदासम्म दर्शकले जाँगर देखाउँदैनन्। त्यसो त दशक मात्र नभई अभिनेतामा पनि विभाजन छ।

अभिनयमा पोख्त अभिनेता नृत्यमा कमजोर देखिन्छन्। अभिनय नजान्ने अनुहार लोकप्रिय पनि छन्। यस विषयमा पनि खगेन्द्र जानकार छन्। उनले आफ्नो सन्दर्भलाई ल्याउँदै भने, ‘म पात्र अनुसार आफूलाई परिवर्तन गर्न तयार छु। तर, सबैको हकमा त्यसो नहुनुमा आर्थिक बाध्यता हुन् सक्छ। यहाँ एकै फिल्मको लागि बर्षौं समय दिँदा बेलुकी भोकै निदाउनु पर्ने अवस्था पनि आउँन सक्छ। अनि हामीले पारिवारिक दायित्व पनि त भुल्न सक्दैनौँ।’

उनी डान्स सिक्न चाहन्छन, सिक्स प्याक पनि बनाउ चाहन्छन्। तर, कथा अनुरुप आफूलाई सुहाउँदो भएमा। ‘म अभिनेता एकै किसिमको हुनु हुँदैन भन्नेमा छु। तर, त्यसले फिल्मको बजेटलाई बढाउछ। पहिला हाम्रो प्रयाश बजार बढाउने हो। अझैँ हामीले भन्ने गरेका कथाको शैलीमा बन्ने फिल्मको दर्शक बढाउन अझैँ मेहनत चाहिन्छ’, खगेन्द्रले भने।

उनी अभिनेताहरु पात्र अनुसार परिवर्तन हुनुपर्छ भन्नेमा स्पष्ट छन्। उनले आफू निर्देशनमा आउनुको कारण सपना रहेको बताउछन्। उनलाई यसपछि निर्देशन गर्छु वा निर्देशनलाई निरन्तरता दिन्छु भन्ने छैन। किनकी उनलाई यो कथा आफैले भन्न मनथियो। ‘लेखक र कलाकार हुँदा हुँदै किन निर्देशक बनेको ? धेरैले सोध्नु हुन्छ। तर, एउटा फिल्म भएपनि निर्देशन गर्ने मेरो सपना थियो। सपनाको जवाफ हुँदैन’, खगेन्द्रले भने।

‘म पात्र अनुसार आफूलाई परिवर्तन गर्न तयार छु। तर, सबैको हकमा त्यसो नहुनुमा आर्थिक बाध्यता हुन् सक्छ। यहाँ एकै फिल्मको लागि बर्षौं समय दिँदा बेलुकी भोकै निदाउनु पर्ने अवस्था पनि आउँन सक्छ। अनि हामीले पारिवारिक दायित्व पनि त भुल्न सक्दैनौँ।’

फिल्म ‘पानीफोटो’ मा द्वन्द्वको समयमा बेपत्ता भएको छोरा खोजिरहेको बुवाआमाको कथा देखाइएको छ। अनुप बराल र मेनुका प्रधानको संवादबाट सुरु हुने सार्वजनिक ट्रेलरको मर्मस्पर्शी संवादसँग दर्शक जोडिएको प्रतिकियाहरु सामाजिक सञ्जालमा छन्। ’केटाकेटी भेट भएपछि दुःख पाइने रैछ। हाम्रो छोरा भयो। अहिले खोज्दै हिँड्नु परेको छ’, यो संवादबाट सुरु हुने फिल्मको ट्रेलरमा छोराको खोजीमा भौतरिएका बुवाआमाको पीडा देखाइएको छ।

फिल्ममा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, राधा श्रेष्ठ, अजस्र ढुङ्गाना, कमल देवकोटा, अनोज पाण्डे, अनिल पाण्डे, नवराज गिरी, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहेको छ। पक बज्राचार्यको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठसँगै अर्जुन कार्कीको सम्पादन रहेको छ। यसमा पुष्पा संगमको पाश्र्व संगीत रहेको छ भने प्रोडक्सन हेडको रुपमा शंकर पाण्डे रहेका छन्।

‘पशुपति प्रसाद’ र ‘धनपति’ जस्ता खाँट्टी नेपाली स्वाद बोकेका सफल फिल्म निर्माण गरेको टुकी आर्ट्सले यस फिल्म निर्माणमा मञ्जुश्री फिल्म्ससंग सहकार्य गरेको छ। फिल्ममा लेखन पनि खगेन्द्रकै रहेको छ भने यसमा चिफ एडीको रुपमा अनिल खड्का रहेका छन्। फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन्।

कमेन्ट गर्नुहोस्