‘१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव-२०२५’ सम्पन्न

फिल्म । शुक्रबारबाट सुरु भएको ‘१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव-२०२५’ ३१ विधामा अवार्ड प्रदान गर्दै आइतबार सम्पन्न भएको छ । यो महोत्सव काठमाडौँको भृकुटी मण्डप स्थित नेपाल पर्यटन बोर्डमा कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसन प्रा.लि.को आयोजना एवम् चलचित्र विकास बोर्डको सह आयोजनामा सम्पन्न भएको हो ।

महोत्सवमा तीन दिनसम्म चलचित्र प्रदर्शन गरेर उत्कृष्ट चलचित्र एवम् चलचित्रकर्मीलाई पुरस्कृत गरिएको हो । महोत्सवमा नेपाल सहित १७ देशका ४९ वटा चलचित्र सहभागी थिन् । महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रको सभापतित्व र संस्कृति पर्यटन तथा नागरिक उड्ड्यान मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा समापन समारोहमा स्वदेशी तथा विदेशी विजेतालाई अवार्ड प्रदान गरियो ।

यो महोत्सवमा सर्वोत्कृष्ट अफ्रिकन चलचित्रको अवार्ड दक्षिण अफ्रिकाबाट ‘गुड मोदर’, अफ्रिकन वृत्तचित्रको अवार्ड क्यामरुनको वृत्तचित्र ‘जायद’ले पायो । अन्तर्राष्ट्रिय वृत्तचित्रको अवार्ड भारतबाट देवेन्द्र जादव निर्देशित वृत्तचित्र ‘लोनी ट्युन्स’, अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड बंगलादेशको चलचित्र ‘सौदा’, अन्तर्राष्ट्रिय लघु चलचित्रको स्पेसल मेनसन अवार्ड बेलायतको लघु चलचित्र ‘जेन्ट पपेट्स फर डिग्निफाईड मिन्सुरेसन्स’ र अन्तर्राष्ट्रिय जुरी अवार्ड अर्जेन्टिनाको लघु बृत्तचित्र ‘द टेम्पल अफ इटर्नल साउन्ड’ ले जित्यो । अन्तर्राष्ट्रिय विधा तर्फको निर्णायकमा दक्षिण अफ्रिकाबाट क्याथेरिन सोफियानोज, भारतबाट अंकित बाघ्छी, बँगलादेशबाट साहदत्त रुसेल र नेपालबाट निर्माता निर्देशक अभिनेत्री रोशनी केसी रहेका थिए ।

महोत्सवमा नेपालबाट ३० वटा चलचित्र सहभागी मध्य ७ वटा कथानक चलचित्र थिए । जसमा सर्वोत्कृष्ट राष्ट्रिय चलचित्रको अवार्ड ‘छक्का पञ्जा ५’ , यही चलचित्रबाट निर्देशकको जुरी अवार्ड दिपाश्री निरौलाले र सर्वोत्कृष्ट सह अभिनेताको अवार्ड केदार प्रसाद घिमिरेले पाए । सर्वोत्कृष्ट निर्देशकको अवार्ड चलचित्र ‘तेल भिसा’ बाट शंकर घिमिरेले हासिल गरे भने सोही चलचित्रबाट सर्वोत्कृष्ट अभिनेताको अवार्ड विपिन कार्कीले र सर्वोत्कृष्ट सह अभिनेत्रीको अवार्ड ऋचा घिमिरेले हासिल गरिन् ।

चलचित्र तर्फ स्पेसल मेनसन अवार्ड चलचित्र ‘द्रौपदी’बाट ऋषिराज आचार्य, तर्फ जुरी अवार्ड ‘द्रौपदी’ बाटै अभिनेत्री अश्विनी शाहीले, उत्कृष्ट नायिकाको अवार्ड चलचित्र ‘ऐँचो पैँचो’बाट वर्षा राउतले र ‘ऐँचो पैँचो’बाटै कृषा चौलागाईँले सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड हाँसिल गरे । नव अभिनेत्रीको अवार्ड चलचित्र ‘संकल्प’ बाट अनुष्का बुढाथोकीले पाइन भने संगीतकारको अवार्ड चलचित्र ‘लन्डन टु पेरिस’ को ‘खुला आकाश’ गीतबाट संगीतकार हर्कुलेस बस्नेतले प्राप्त गरे ।

कथानक चलचित्रको निर्णायकमा चलचित्र निर्देशक मिलन चाम्स, पत्रकार रघुनाथ सापकोटा र गायिका शोभा पाण्डे थिए । यस्तै राष्ट्रिय विधामा उत्कृष्ट लघु चलचित्रको अवार्ड ‘द ट्री म्यान’ बाट सन्तोष सुवेदी, लघु चलचित्र तर्फनै उत्कृष्ट अभिनयको अवार्ड ‘नो स्मोकिङ प्लिज’ बाट कृपा प्याकुरेल र स्पेसल मेन्सन अवार्ड ‘नो स्मोकिङ प्लिज’ बाटै भूपेन्द्र कुमार खड्काले प्राप्त गरे ।

म्युजिकल लघु चलचित्र र निर्देशकको अवार्ड गीति चलचित्र ‘तिमि आँसु रहेछौ’ बाट सोनम पाख्रिन, सर्वोत्कृष्ट सांगीतिक चलचित्र अभिनेताको अवार्ड ‘भुल्नै गारो भो’ बाट सनम कठायत, सांगीतिक लघु चलचित्रमै सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड पनि यही गीतबाट पवित्र शाँकी (मिस पबी), सर्वोत्कृष्ट सांगीतिक चलचित्र गायकको अवार्ड ‘सँगै जुनी काटम्ला’ बाट हेमन्त शिशिर र सांगीतिक लघु चलचित्र डान्स कोरियोग्राफरको अवार्ड ‘थिंक अबाउट यु’ बाट रविता मगरले हासिल गरिन् ।

सर्वोत्कृष्ट वृत्तचित्र र निर्देशकसँगै सम्पादकको अवार्ड ‘डिजाईन्ड टु डिसापेयर’ बाट शिव पुरीले हासिल गरे । राष्ट्रिय आदिबासी चलचित्रको अवार्ड सागर केरुङ निर्देशित चलचित्र ‘के २’, लघु विधार्थी चलचित्रको अवार्ड ‘द स्कुल वाल’ बाट मोहन अभिलाषीले पाए । यो समूहको निर्णायकमा अभिनेता मोडल सागर लम्साल क्षत्री, भिडियो सम्पादक रविन बिक, गायिका सुजता केसी र गायक रुद्र शेखर शर्मा थिए ।

कमेन्ट गर्नुहोस्