छायाँकनमा ‘छमाया छपक्कै ‘

फिल्म । यसवर्षको प्रतिक्षित फिल्म मध्यको एक ‘छमाया छपक्कै’ ले शुटिङ सुरु गरेको छ । आउँदो दसैँमा रिलिज हुने फिल्मले विहिवारबाट छायाँकन सुरुवात गरेको हो । काभ्रेमा छायाँकन भईरहेको फिल्मको निर्देशन दिपेन्द्र लामाले गर्दैछन् । मुनाफाको ५० प्रतिशत लिने सर्तमा पहिलो पटक बाहिरी ब्यानरसँग दीपकराज गिरी र दीपाश्री निरौला सहितको समुहले रोहित अधिकारीसँग सहकार्य गरेका हुन् ।

रोहित अधिकारी फिल्मस् र आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण हुने फिल्ममा निर्देशन सल्लाहकारको रुपमा’छक्का पञ्जा’ सिरिजकी निर्देशक दीपाश्री निरौलाले सघाउने छिन् । फिल्ममा कलाकार दीपकराज गिरीले अभिनेत्री केकी अधिकारीसँग रोमान्स गर्दैछन् । उमेर अन्तरालको प्रेम कथामा आधारित भएर निर्माण हुन लागेको फिल्ममा केदार घिमिरे, जितु नेपाल , सुपुष्पा भट्टलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

निर्देशक लामाले फेसबुकमा स्टाटस पोष्ट गर्दै तेस्रो फिल्मको बारेमा उल्लेख गरेका हुन् । फिल्ममा हरि हुमागाईंको छायाँकन , रोशन श्रेष्ठको द्वन्द्व ,कविराज गहतराजको कोरियोग्राफी , विपिन मल्लले सम्पादन रहनेछ । निर्देशक लामाको कथा रहेको फिल्मको पटकथा दीपकराजको हो । संवादमा भने दीपकलाई केदार, जितु र अभिमन्यू निरबीले सघाएका छन् । जितु र केदार फिल्मका कार्यकारी निर्माता हुन् ।

कमेन्ट गर्नुहोस्