‘शुभ विवाह’ गर्दै प्रदीप र साम्राज्ञी ?

फिल्म । पछिल्लो समय पपुलर एक्टर प्रदीप खड्का एकपछि अर्को फिल्ममा व्यस्त हुन् थालेका छन् । आउदो चैत्र २२ मा लभ स्टेसनको रिलिजको तयारीमा रहेका प्रदीपको पाइपलाइनमा धेरै फिल्म रहेका छन् । उनले रामबाबु गुरुङको निर्देशनमा तयार हुने ‘कबड्डी कबड्डी कबड्डी’ गर्दैछन् भने प्रेम गीत ३ पनि गर्दैछन् । यहि प्रोजेक्टको बीचमा उनले हेमराज विसीको निर्देशनमा तयार हुने फिल्म गर्ने सहमति पनि जनाईसकेका छन् ।

जसमा प्रदीपको अपोजिटमा साम्राज्ञी राज्यलक्ष्मी शाह छिन भने फिल्मको वर्किङ टाइटल ‘शुभ विवाह’ राखिएको छ । फिल्ममा प्रेम देखि विवाहसम्मको जर्नीलाई देखाउने भएकाले पनि फिल्मको टाइटल यस्तो राखिएको बुझिएको छ । तर हेमराजले यस अघि नै ‘घामट शेरे’ को छायांकन गर्ने सम्भावना रहेको छ । उनले निशाल बस्नेतलाई लिएर फिल्मको छायाँकन आउदो बैशाखबाट गर्ने तयारी गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्