अनमोलकै लागि प्रताप ?

फिल्म । यतिबेला अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ प्रदर्शनरत छ भने उनि फिल्म ‘ए मेरो हजुर ३’ को छायांकनमा व्यस्त छन् । यसपछि अनमोलले नेक्स्ट के गर्दैछन् त ? यो अझै सार्वजनिक भईसकेको छैन तर उनलाई पछिल्लो समय अफर गरिएको फिल्म मध्य ‘प्रताप’ को कथा भने मन परेको बुझिएको छ । अनमोल नजिकको श्रोतलाई आधार मान्ने हो भने अनमोलले वानलाइन मन पराएपछि निर्देशक अपिल विष्ट फिल्मको फस्ट ड्राफ्ट दिने तयारीमा छन् । ‘अनमोललाइ कथा मन परेको छ त्यसैले हामी कुराकानीलाई अगाडी बढाउदैछौ’ अपिल भन्छन् ‘अनमोललाई सुहाउने कथा भएकोले नै उनलाई अफर गरिएको हो ।’

उनले ‘प्रताप’ केहि समय अगाडी नै घोषणा गरेका थिए तर यतिबेला यसको कथावस्तु समयअनुसार फरक भईसकेको बताए । ‘त्यतिबेला घोषणा गरिएको प्रताप र यी विल्कुलै फरक छ’ उनले भने ‘फिल्ममा अनमोल शिर्ष भूमिकामा देखिनेछन् ।’ यतिबेला अपिल भने फिल्म ‘कागजपत्र’ मा व्यस्त छन् । पछिल्लो समय ट्रेलर र गीतसंगीतको कारण चर्चामा रहेको फिल्मलाई लिएर उनि उत्साहित छन् ।

कमेन्ट गर्नुहोस्