कस्तो छ ‘बिगुल’ को टिजर ?

फिल्म । नेपाली फिल्म ‘बिगुल’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा देशको वर्तमान राजनीति, देशप्रेम, सम्बन्ध र जिम्मेवारीसँगै जेन्जी आन्दोलनको झल्को प्रस्तुत गरिएको देखिन्छ । रमेश कोइरालाको निर्देशनमा बनेको फिल्मका कथाकार तथा निर्माता दिनेश कोइराला हुन् । निर्देशक कोइरालाका अनुसार फिल्मले दर्शकलाई मनोरञ्जनसँगै आफ्नो घर, समाज र देशमा भइरहेका राजनीतिक तथा सामाजिक घटनाबारे सोच्न प्रेरित गर्छ।

कथाकार तथा निर्माता दिनेश कोइरालाले फिल्ममा उठाइएका विषय र अहिलेको जेन्जी पुस्ताले राखेका माग, देश विकास र परिवर्तनप्रतिको आम नेपालीको चाहना आपसमा मेल खाने बताउँदै आएका छन् । जेन्जी आन्दोलनप्रति समर्पित फिल्म ‘बिगुल’ मा बेनीशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, जे.एन. घिमिरे, गीता अधिकारी, मीरा पण्डित र मानश्री शर्मालगायत कलाकारको अभिनय रहेको छ ।

फिल्मको पटकथा तथा संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् । फिल्ममा शिव ढकालको छायांकन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनभी महर्जनको द्वन्द्व निर्देशन तथा विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको छ ।

कमेन्ट गर्नुहोस्