गोपी ट्रेलर रिलिज (भिडियो)

फिल्म । फिल्म ‘गोपी’ को पहिलो गीत सार्वजनिकपछी निर्माण टिमले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेको छ । ट्रेलरमा विपिन कार्की र उनले अंगालेको पेशा गाई पालनलाई प्राथमिकता दिइएको छ । आरोही केसीद्वारा निर्मित ‘गोपी’ माघ १८ बाट प्रदर्शनमा आउँदैछ । फिल्मको कथा अनुसार नै ट्रेलर तयार पारिएको निर्देशक दिपेन्द्र लामा बताउँछन् । यसमा विपिन र वर्षासँगै सुरक्षा पन्त, अंकित खड्का, भोला सापकोटा, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणी नेपाललगायतको पनि प्रमुख भूमिका छ । यसमा सामिप्य तिमल्सेनाको लेखन, शैलेन्द्र डि. कार्कीको छायांकन , निमेष श्रेष्ठको सम्पादन रहेको छ भने यसको कार्यकारी निर्माता फोटो पत्रकार श्रीधर पौडेल हुन् ।

कमेन्ट गर्नुहोस्