युगेशले ल्याए एकसाथ दुई गीत (भिडियो)

109 Shares

संगीत । गायक युगेश लिम्बु आफ्नो दुई नयाँ गीतका म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । अमेरिकाको न्यूयोर्कमा बसेर सांगीतिक कर्ममा रमाइरहेका यी गायकले आफ्नै शब्द, संगीत तथा स्वरको ‘गल्ति…’ तथा ‘भुलाइ दियौ…’ शीर्षकका दुई गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।गायक लिम्बुले आफ्नै निर्देशनमा तयार पारेको ‘गल्ति…’ को म्युजिक भिडियोमा रेखा लिम्बुसंगै आफैंले अभिनय गरेका छन् ।

सञ्जिप राईले उक्त गीतको म्युजिक भिडियोलाई छायांकन तथा सम्पादन गरेका हुन् । उक्त गीतमा धुम्रपानले सम्बन्धलाई कसरी बिगार्न सक्छ भन्ने सन्देश दिन खोजेको छ । म्युजिक भिडियोमा पनि धुम्रपानको लतकै कारण सम्बन्ध बिग्रिएको यथार्थतालाई चित्रण गरिएको छ ।

केही समयअघि सार्वजनिक भएको ‘भुलाइ दियौ…’ गीतको म्युजिक भिडियोलाई भने गोविन्द राईले निर्देश्ँन गरेका हुन् । यो गीतमा पनि गायक लिम्बुकै स्वर, शब्द तथा संगीत सुन्न सकिन्छ । यो गीतको भिडियोमा गायक लिम्बुसंगै कृष्टिना खड्का तथा प्रज्वल सिंह श्रेष्ठले अभिनय गरेका छन् । सन्जिप राईले उक्त भिडियो छायांकन तथा सम्पादन गरेका हुन् ।

अमेरिकामा रहेर नेपाली सांगीतिक गतिविधिहरु सञ्चालन गरिरहेका गायक यूगेश लिम्बु यतिबेला सांगीतिक यात्राकै क्रममा नेपाल आएका छन् । उनी प्रत्येक वर्ष सांगीतिक कार्यक्रमका लागि स्वदेश आउने गर्दछन् । यसपटक आएको बेला उनले ‘गल्ति…’ गीतको म्युजिक भिडियो तयार पारेका हुन् ।

यसपटकको भ्रमणमा दमक, इटहरी, बिराटचोक, धरान, काठमाडौं, बुटबल, चितवन, पोखरा, धनगढी जस्ता शहरमा पुगेर लाइभ कन्सर्ट दिएका छन् । अर्को शुक्रवार अर्थात जेठ ३१ जुन १४ गते उनी नवलपरासीको लेटिनो रेष्ट्रो एण्ड बारमा प्रस्तुत हुादैछन् भने जेठ ३२ जुन १५ गते शनिवार बुटबलको बिटपोर्ट लाउञ्ज एण्ड क्लबमा कन्सर्ट दिादैछन् । त्यसपछि हेटौंडा, पोखरा तथा काठमाडौंमा पनि उनले लाइभ ब्याण्डसहित कन्सर्ट दिने तयारी गरेको बताएका छन् । नेपाल र अमेरिका बाहेक उनले दुबई, आबुधावी तथा जापानको टोकियोमा समेत लाइभ कन्सर्ट दिइसकेका छन् ।

Facebook Comments